प्लटिङमा आपूर्तिमन्त्रीको अवैध लगानी, डन मनाङ्गे र बाहुनसँग कनेक्सन

platingकाठमाडौं । राप्रपाका नेता तथा आपूर्तिमन्त्री दीपक बोहराले ललितपुर जिल्लास्थित ठेंचोमा तीन सय रोपनी जग्गाको प्लटिङमा अवैध रुपमा लगानी गरेको रहस्य खुलेको छ । मन्त्री बोहरासहित दश जनाको समूहले लगानी गरेको ठेंचोको प्लटिङ यतिखेर बिबादमा परेको छ ।

विशेष गरेर डन दीपक मनाङ्गेको अबरोधले जग्गा विक्री गर्न समस्या परेको हो । मनाङ्गेको निर्देशनमा सेन्ट्रल जेलमा रहेका सुजन पौडेल उर्फ रमेश बाहुन र उनको समूहले बोहराको लगानी रहेको जग्गा प्लटिङलाई समस्यामा पारेको हो ।

बाहुनले जेलभित्रैबाट फोन गरेर रकम माग गरेपछि प्रचण्ड सरकारका बहालवाला मन्त्री बोहरा पनि चकित परेका छन् । मन्त्री बोहराले यो कुराको जानकारी प्रहरी उच्च अधिकारीलाई गराएको स्रोतले बतायो ।

तर, प्रहरीले यो विषयलाई गम्भीरतापूर्वक नलिएपछि मन्त्री बोहरा चकित परेका हुन् ।आपूर्ति मन्त्री बोहरासहितको समूहले ठेंचोमा अत्यन्तै सस्तो मूल्यमा गरिव जनताको जग्गा हडपेको आरोप छ । बोहरासहितको समूहले पाँच लाख रोपनीका दरमा जग्गा खरिद गरेको एकजना पीडितले बताए ।

तर, अहिले सो जग्गालाई मन्त्री बोहराको समूहले १५ देखि २० लाख प्रति आनाका दरले जग्गा बिक्री गरिरहेको छ ।  यो कुरा चाल पाएपछि मनाङ्गेले बाहुन र उनका साथीद्वय प्रकाश माली र युवराज खड्काको समूहलाई लगाएर पटक–पटक गरी मोटो रकम चन्दा लिएको स्रोतको दावी छ । मन्त्री बोहरा निकट एक सहयोगीले भने,‘कस्तो ठाउँमा लगानी गरिए छ भनेर मन्त्रीज्यू हैरान बन्नु भएको छ । माली र खड्काले मनाङ्गे र बाहुनको नाम लिएर प्रत्येक हप्ता कमिशन माग्न आउँछन् ।’ माली र खड्काको समूहले ठेंचोस्थित तीन सय रोपनीको जग्गा प्लटिङलाई निशाना बनाएका छन् । जग्गा प्लटिङबाट मात्रै यो समूहले ३० लाख जबरजस्ती कमिशन लिएको प्रहरीको आशंका छ । मनाङ्गेको कनेक्सन अवैध लागूऔषध र अपहरण तथा फिरौती मुद्दामा केन्द्रीय कारागार सुन्धारामा सजाय काटिरहेका डन बाहुनले जेलभित्रबाटै फिरौती उठाउन थालेका छन् । बाहुनले ललितपुरलाई आफ्नो केन्द्र बनाएर अपराधिक क्रियाकलाप गर्दै आएका थिए । उनलाई अपराधमा सहयोग गरिरहेका छन् खड्का र मालीले । यी दुई युवाले ललितपुरका उद्योगपति, व्यापारी, जग्गा कारोबारी, हाउजिङ कम्पनीका मालिक, ठेकेदार, हार्डवेर व्यापारी आदिको सूची तयार पारेर बाहुनसम्म पु¥याउने गर्छन् ।बाहुनले सेन्ट्रल जेलबाट फोन गरेर धम्काई रकम उठाउने गरेका छन् । रमेश बाहुनलाई डन दीपक मनाङ्गेले प्रयोग गरिरहेको आरोप पनि लागेको छ । सेन्ट्रल जेलमा रहेका बाहुनले उठाएको रकमको केही हिस्सा प्रहरीका उच्च अधिकारी र सेन्ट्रल जेलका हाकिम तथा मनाङ्गेसम्म पुग्ने गरेको स्रोतले जनायो । ‘सेन्ट्रल जेलमा रहेको व्यक्तिलाई प्रहरीको मिलोमतोमा फोन प्रयोग गर्न दिइएको छ’, स्रोतले भन्यो,‘जेलको हाकिम र बाहिर रहेका गुण्डाहरूको सहयोगमा बाहुनले जेलभित्रैबाट आफ्ना गतिविधि चलाइरहेका छन् ।’ प्रकाश र युवराजको जोडीले काभ्रेका दावा लामा, सुरेश लामा, उमेश लामा, चन्द्र लामा, विष्णु लामा, आइत लामालाई साथमा लिएर गुन्डागर्दी गर्दै आएको ललितपुर प्रहरी परिसरका एक प्रहरीले बताए ।नाङ्गेको डिस्को क्लवमा कुनै बेला मालीले बाउन्सरको काम गर्थे । मालीको गुन्डागर्दी शैली मनपराएर मनाङ्गेले आफ्नो अंगरक्षक बनाई केही समय सँगै हिँडाए पनि । ललितपुर जिल्लाको ठेंचो गाउँका स्थानीय बासिन्दा मालीलाई प्रहरीले पटक–पटक अपहरण, हत्या, जबरजस्ती रकम असुली लगायतको मुद्दामा पक्राउ गरेर कारबाही गरिसकेको छ । मालीले दश वर्ष अगाडि धापाखेलमा नेपाली सेनाका भुतपूर्व हवल्दार चुडाबहादुर खड्काको हत्या गरेर दुई वर्षसम्म फरार भएका थिए ।मालीले चुडाबहादुर खड्कालाई कुटपिट गरेर हत्या गरेको भन्दै आफन्तले किटानी जाहेरी दिएपनि प्रहरीले भने उनलाई पक्राउ गरेर अनुसन्धान नगरि मुद्दालाई तामेलीमा राखिदिएको आरोप छ । यिनै मालीले बाहुनलाई डन मनाङ्गेसँग सम्पर्क गराइ दिएको स्रोतको भनाई छ । बाहुनका नजिकका मानिने युवराज खड्कालाई पनि अपराधमा मालीले ल्याएको चर्चा हुने गर्दछ । खड्काको काम भनेको सुराकी गरेर बाहुन समक्ष व्यापारीहरूको सूचना पु-याउनु हो ।प्रकाश र युवराजको समूहले मनाङ्गेको पैसा ललितपुरमा मिटर व्याजमा लगाउने गरेको छ । प्रकाश र युवराजको यो क्रियाकलापको जानकार रहेको ललितपुर प्रहरीले उनीहरूलाई किन छुट दिइरहेको छ भनेर पीडितहरू समेत चकित परेका छन् ।ललितपुर प्रहरीले अपराधमा संलग्नहरूमध्ये ३० जना जति गुण्डाहरूलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलायो तर, सबैलाई तारेखमा छाड्यो ।ललितपुरमा हुने आपराधिक क्रियाकलापमा दीपक मनाङ्गेको संलग्नता देखिएको सूचना आइरहेको बताउँदै ललितपुर प्रहरीले सबै गुण्डा नाइकेहरूलाई निगरानीमा राखेको  छ । ‘पीडितहरूले मलाई सिधै आएर गोप्य रुपमा सूचना वा निवेदन दियो भने यी गुण्डा नाइकेहरूलाई ठाउँमा ल्याउन प्रहरी सक्षम छ । पीडितले हामीलाई भन्नु पर्छ । डराउनु हुँदैन । सबै गुन्डा नाइकेहरू प्रहरीको निगरानीमा छन् ।  गुण्डा नाइकेहरूको डरले पीडितहरूले निवेदन दिन नआए पनि प्रहरीले सूचना संकलन गरिरहेको छ । अपराध गर्ने कसैले पनि छुट पाउँदैन ।’–परिसरका एसपी अशोक सिंहले बताए । ‘मनाङ्गेको आडमा माली र खड्काले संगठित हिसावले आपराधिक काम गरेको सूचना प्रहरी समक्ष आइसकेको छ । हामीले ‘एक्सन’ लिन्छौँ । तपाईहरूले केही समयभित्र रिजल्ट देख्न पाउनु हुन्छ । काभ्रेली गुन्डानाइके दावा लामा समूहले पनि ललितपुर जिल्लालाई सेल्टर बनाएको सूचना आएको छ । सर्च गरेर सबै गुन्डा नाइकेहरूलाई तह लगाउँछौँ ।’ एसपी सिंहले थपे । -यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित