एमाले महाधिवेशनमा नेतृत्वका लागि मतदान जारी, कस्ले हाले त पहिलो भोट?

Oli Voting

चितवन । नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा अहिले मतदान जारी छ ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको मतदानमा ८ बजेसम्म लाइनमा बसेका प्रतिनिधिले मत हाल्न पाउनेछन् ।

पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवार रावललगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए । यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ ।

एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् । सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित