प्रहरीले अपग्रेड गरेका डनद्वारा गृहराज्य मन्त्रीलाई बधाई

mantriकाठमाडौं । केही दिन यता काठमाडौंमा गुण्डागर्दी गर्नेहरुको सुची भन्दै अपराध महाशाखा र प्रहरी परिसरलाई हवाला दिएर  अनलाइनहरुमा निरन्तर  समाचार अाइरहेका छन् ।  प्रहरीले गुण्डाको सुची सार्वजनिक गर्ने , गुण्डा विरुद्ध यसो, उसो गर्छौं भन्ने  सस्तो प्रचारबाजी गरेको छ ।

  गुण्डालाई  निर्मुल पार्ने उपाय भन्दा अपग्रेड गरेर प्रमोशन गर्ने शैली अपनाउन लागेका छन् अहिलेका एसएसपीद्वयले।

  प्रहरीले गुण्डाको सुची सार्वजनिक गरिरहेकै बेला तिनै सुचीमा अटेका ललितपुरका चर्चित डन मिनकृष्ण महर्जनले भने गृह राज्यमन्त्रीमा भर्खरै नियुक्त भएका इन्द्रबहादुर बानियाँलाई बधाई दिएको तस्बिर आफ्नो फेसबुकमा राखेर प्रहरीलाई चुनौती दिएका छन् ।

  महर्जनले भनेका छन् - 'नेपाली कांग्रेस पुर्ब महामन्त्री एबम पुर्ब गृहमन्त्री प्रभाबशाली नेता खुमबहादुर खड्का ज्युको सिफारिसमा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति मेरो मित्र इन्द्रबहादुर बानियाँ पुन गृह राज्यमन्त्रीमा नियुक्त हुनु भएकोमा उहाँको कार्यकाल सफलताको कामना व्यक्त गर्दछु।।।जय नेपाल। '

  भर्खरै मन्त्रीमा नियुक्त बानियालाई बधाई दिने महर्जनको चुरीफुरी   डनहरु दिनेश अधिकारी चरीको इन्काउन्टरमा मृत्यु हुुनुका साथै रमेश बाहुन पक्राउ परेपछि  एकाएक बढेको हो ।

  महर्जन अहिले प्रहरीको 'हिट लिस्ट' मा रहेको प्रचार गरिएका समिरमान बस्नेत निकट हुन । कांग्रेस महासमिति सदस्य समेत रहेका महर्जनले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँगै मिलेर अरु व्यवसायीसँग पैसा असुल्ने गरेको उजुरी प्रहरीसमक्ष पुगेको छ ।  प्रहरीका लागि चुनौति बनेका महर्जनले कांग्रेस नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र  खुमवहादुर खड्काको आडमा अवैध असुली धन्दा चलाएको प्रहरी स्रोतले जनाएको छ ।

  महर्जनले चरीलाई इन्काउन्टर गर्न र रमेश बाहुनलाई पक्राउ गर्न आफूले ठूलो धनराशी खर्च गरेको भन्दै ठेकेदारहरुलाई धम्क्याउने गरेका थिए । यिनै महर्जनले अहिले मन्त्री बानियालाई बिबादमा ल्याउन मित्र भन्दै संगै बसेको तस्बिर सार्वजनिक गरेको पनि कांग्रेसमा चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित