कल डिटेल दुरुपयोगमा सिअाईबीका प्रहरी, अमित बोसमाथि अनुसन्धान हुँदै

nepali-police-logo-काठमाडौं । सर्वोच्च अदालतले अपराध अनुसन्धानका नाममा व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने प्रहरीको कार्यलाई गैरकानुनी भन्दै  अदालतको अनुमतिविना कल डिटेल नहेर्न आदेश दिए पनि प्रहरीका बिभिन्न युनिटले भने अझै त्यसको कार्यन्वयन गरेका छैनन् ।

 केन्द्रिय अनुसन्धान व्युरो (सिअाईबी)र प्रहरी प्रधान कार्यालयका  केही प्रहरी अधिकारीले  गोप्य रुपमा अमित बोस भन्ने अमित ठाकुर  नाम गरेका नेपाल टेलिकमका कन्सल्टेन्टमार्फत शंका लागेकाको कल डिटेल हेरेर ब्यक्तिको गोपनियतामाथि गम्भिर खेलवाड गरेको भन्दै केही समय अघि ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानिमा परेका थिए ।

 तर, अमित बोसलाई पनि लोकमानसिह कार्कीका प्रहरीले सोही शैली अपनाएर दुरुपयोग गरेपछी उनी कारवाहीमा पर्ने भन्दा पनि अख्तियार र प्रहरीका प्यारा बने । दिनभर प्रहरी कार्यालयमा हाकिमहरुसँग चलखेलमा नै व्यस्त देखिने अमितले प्रहरी अधिकारिहरुको सरुवामा समेत दबदबा राख्ने गर्दछन् ।

  तर, अब जथाभावी कल डिटेल निकालेर दुरुपयोग गरेको अभियोगमा  ईन्जिनियर अमित बोसमाथि  नेपाल टेलिकमले नै अनुसन्धान थाल्ने भएको छ । किनकी, ठाकुरविरुद्ध ब्यक्तिको गोपनियतामाथि गम्भिर खेलवाड गरी प्रहरीका अधिकृतबाट प्रभावमा परेर अनुसन्धानका नाममा कल डिटेल दिएको भन्दै टेलिकममा उजुरी समेत परेको छ । उनले सिअाईबीका केही प्रहरीलाई गैरकानुनी रुपमा कल डिटेल हेर्ने सिस्टम दिएको प्रहरी स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित