कांग्रेस महाधिवेशनः बाग्मतीमा बानियाँ, प्रदेश १ मा थापा र लुम्बिनीमा पुन विजयी

congress

काठमाडाैं । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत बागमती, प्रदेश १ र लुम्बिनी प्रदेशको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनाअनुसार बागमती प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलका इन्द्र बानियाँ विजयी भएका छन् भने प्रदेश १ मा देउवा र सिटौला समूहका उद्धव थापा विजयी भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा कांग्रेस नेता रामचन्द्र पौडेल प्यानलका अमरसिंह पुनः विजयी भएका छन् ।

बानियाँले पौडेल प्यानलका जगदशीश्वर नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् भने थापाले गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०२४ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत खसेकोमा १३ मत बदर भएको छ ।

त्यस्तै प्रदेश १ का सभापति थापाले ८४४ मत ल्याएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन्। १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्। प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । संस्थापनइतर समूहका पुनले संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई हराएका हुन् । पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ ।

उपसभापतिमा अष्टभुजा पाठक र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित