बागमती कांग्रेस पदाधिकारीको मतगणना सकियो, महामन्त्रीमा बादे विजयी

Congres_mahadhivesan

ललितपुर । नेपाली कांग्रेसको बागमती प्रदेशको पदाधिकारीको मतगणना सम्पन्न भएको छ । भर्खरै सम्पन्न मतगणनाअनुसार महामन्त्रीमा कञ्चनचन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार बादेले ९९५ मत ल्याई बागमती प्रदेश महामन्त्रीमा विजयी भएका हुन् । त्यससँगै अर्का महामन्त्रीमा राजु श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय १० मत ल्याएका थिए । दुई जना महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै उपसभापतिमा मोहनबहादुर बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेतले १०५९ र महर्जनले १०३७ मत ल्याएका थिए ।

त्यस्तै महिला उपमहामन्त्रीमा जीवन डंगोल विजयी भएकी छिन् । उनले ९४९ मत ल्याएकी थिइन् ।

त्यस्तै खुल्ला उपमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । घिमिरेले ९१६ र श्रेष्ठले ८३९ मत ल्याएका थिए ।

त्यसअघि सोमबार बिहान सकिएको प्रदेश सभापतिको निर्वाचनमा इन्द्र बानियाँ विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित