होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१३ जना प्रहरी फन्दामा

holcकाठमाडौँ। महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ ।

    परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिनुभयो ।

 उहाँले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित