आखिर सभापतिमा उम्मेदवारी दिने नै भए प्रकाशमान, आज अवधारणा सार्वजनिक गर्दै

Prakashman

काठमाडौं । नेता प्रकाशमान सिंहलेनेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

सिंहले शनिबार बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन् । कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ । 

संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन । हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानी उत्रिने देखिन्छ । संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् । कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् ।

संस्थापन इतरबाट एउटै साझा उम्मेदवार बनाउनुपर्ने मतमा रहेका गगन थापाले बिहीबार महामन्त्रीमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित