एनसेललाई कर उन्मुक्ति दिएर सरकारले राष्ट्रघाती काम गर्‍यो : डा.बाबुराम भट्टराई

babuकाठमाडौं ।  नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले  एनसेललाई कर उन्मुक्ति दिएर राष्ट्रघाती काम गरेको  आरोप लगाएका छन् ।

 एउटा कर अधिकृतले  गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगी निर्णय गराउनु निर्लज्जताको पराकाष्ठा भएको भट्टराईले उल्लेख गरे । अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रिपरिषदमा ठाडो प्रस्ताव राखी नेपाल छाडिसकेको बिक्रेता कम्पनी टेलियासोनेराबाट लाभकर तिर्नुपर्ने निर्णय गराएका थिए ।

 nayasakएनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिए ३३ अर्ब रुपैयाँ राजश्व राज्यले गुमाउने छ । एनसेलको ८० प्रतिशत सेयरको बिक्रेता युरोपेली कम्पनी टेलियासोनेरा र खरिदकर्ता मलेसियन कम्पनी आजियाटाले ‘अफसोर’ कारोबार गरी लाभकर छल्न खोजेको समाचार सार्वजनिक भएको थियो ।

 'नेपाली इतिहासका सबै भ्रष्टाचारका काण्डहरुलाई उछिन्ने गरी भएको यो नीतिगत भ्रष्टाचारपूर्ण अपराध र राष्ट्रघातको सबै देशभक्त तथा सुशासनका पक्षधर नेपाली राजनीतिक दलहरु, नागरिकहरु र संघसंस्थाहरुले सशक्त विरोध गरेर निर्णय फिर्ता गराउन दवाव दिनैपर्छ ।

 त्यसकालागि नयाँ शक्ति पार्टी, नेपाल सबैसँग विशेष आग्रह गर्दछ । ' जारी प्रेस वक्तव्य मा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित