हर्षोल्लासपूर्वक होली पर्व मनाइंदै

 Holi photoकाठमाडौं ।  रङहरुको पर्वको रुपमा लिइने फागु पूर्णिमा पर्व आज हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व  उल्लासपूर्वक होली खेलेर मनाइन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ ।  आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित