कांग्रेस नयाँ नेतृत्वको मतदान केहीबेरमा सुरू

Congres_mahadhivesan

 

काठमाडौं । नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ । ८१४ बुथबाट ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।

महाधिवेशन शुक्रबारबाट सुरु भएको हो ।  एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको लागि प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित