केन्यासँग ५ विकेटले नेपाल पराजित

 nepalkenyaकाठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप प्रतियोगिता अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । काठमाडौंको किर्तीपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा  केन्याले डीएल मेथडका आधारमा अन्तिममा ९४ रनको लक्ष्य पाएको थियो । जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो । वर्षाका कारण ५० ओभरको खेल ३८ ओभरमा छोट्याएर सुरु गरिएको थियो । नेपालले ब्याटिङ गरिरहेकै अवस्थामा पानी पर्न थालेपछि खेल केहीबेर स्थगित गरियो । त्यतिबेला नेपालले ३६ ओभर खेलेर ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । वर्षापछि पुनः सुरु भएको खेललाई २९ ओभरमा छोट्याएर डीएल मेथडको आधारमा केन्याले १०४ रनको लक्ष्य पायो । तर, उसले २१।२ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा खेल फेरि पानीले रोकियो । त्यही अवस्थामा डीएल मेथडका आधारमा केन्या केही रनले जितिसकेको थियो । तर, नेपालले खेल जारी राख्न चाहेपछि केन्याले नयाँ लक्ष्य पायो, २६ ओभरमा ९४ रनको ।उक्त लक्ष्यलाई  केन्याले उसले ११ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । २५ औं ओभरको पहिलो बलमा कप्तान रकिप पटेलले छक्का हान्दै केन्यालाई जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित