डिआइजी सिलवालको बारेमा संसदमा कुरा उठ्यो, कारवाही गर्न माग (भिडियो सहित)

digsकाठमाडौं । खम्बुवान राष्ट्रिय पार्टीका सांसद रामकुमार राईले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा केही व्यक्तिहरूले बिबाद निम्त्याएको भन्दै आपत्ति जनाएका छन् ।

 संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले बिबादास्पद डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेकोमा आपत्ति जनाए । उनले भने, ‘सञ्चारमाध्यमहरूमा डिआइजी नवराज सिलवालका बिबादास्पद कुराहरू बाहिर ल्याइरहेका छन् ।

 उनले आफू महानिरीक्षक गराइपाउँ भनेर रिट दिएका छन् । यस्ता बिबादास्पद व्यक्तिलाई महानिरीक्षक बनाइनु हुँदैन । सिलवाललाई कारबाही गर्नुपर्छ ।’सांसद राईले भने, ‘नवराज सिलवाका विरुद्ध उजुरी पर्ने क्रम जारी छन् ।

गुनबहादुर थापालाई झुठ्ठो मुद्दा लगाएर सिलवालले फसाएका छन् । नवराज सिलवाल अत्यन्तै बिबादास्पद व्यक्ति हुन् । उनी प्रहरी संगठनका लागि उपयुक्त व्यक्ति होइनन् ।’सांसद राईले सरकारले महानिरीक्षक नियुक्तिमा गरेको निर्णयलाई कार्यान्वयनको माग पनि गरे । उनले गुनबहादुर थापालाई न्यायदिन पनि माग गरेका थिए ।भिडियो हेर्न यहाँ जानुहोस्

https://www.youtube.com/watch?v=8KcYpSkxa_M

प्रतिक्रिया

सम्बन्धित