कांग्रेस महामन्त्रीको मतगणना ८ बजेबाट सुरू हुँदै

Congres_mahadhivesan

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना आज हुने भएको छ। बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

उपसभापतिको मतगणना मध्यरातमा सम्पन्न भइसकेपछि निर्वाचन समितिले बिहान देखि महामन्त्री पदको मतगणना हुने जनाएको हो । दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

प्रतिक्रिया

सम्बन्धित