एजुकेशन पार्कको अष्ट्रेलियन शैक्षिक मेलामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता

eparkaकाठमाडौं  । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यका साथ बृहत ‘एजुकेशन पार्क अष्ट्रेलियन शैक्षिक मेला’ मा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

  एजुकेशन पार्कले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी सिभिल मलको छैठौं तल्लामा अवस्थित फुड कोर्टमा एक दिने शैक्षिक मेलाको आयोजना गरेको थियो ।

eparke शैक्षिक मेलामा अष्टेलियन शिक्षासँग सम्बन्धित २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा संघसंस्था सहभागिता रहेको थियो । एजुकेशन पार्कका अध्यक्ष भुपेन्द्र सिटौला(निरज) ले झन्डै १ हजार विद्यार्थीले यस मेलाबाट सत्य र सही सूचना प्राप्त गरेको जनाएका छन् ।

  अष्ट्रेलियाको शिक्षा  गुणस्तरीय भएकाले मेलामा धेरै विद्यार्थीले सहभागिता जनाएको उनी बताउँछन् । शैक्षिक मेलामा अन्तराष्ट्रिय स्तरका संघ संस्थाका प्रतिनिधिसँग नेपाली विद्यार्थीले निःशुल्क भेभेटेर परामर्श लिएका थिए । एजुकेशन पार्क एजुकेशन कन्सल्टेन्सी अष्ट्रेलिया शिक्षाका लागि नेपाल मै अग्रणी परामर्शदाता शैक्षिक संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित