नेकपा एसका सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने

Nepal_Madhav

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)कोजिल्ला कमिटी सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियमबनाएको छ ।

नेकपा एसको केन्दी्रय कार्यालयको निर्देशनअनुसार काठमाडौं जिल्लाकमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पनिबुझाउनु पर्ने नियम बनाउन लागेको हो ।

चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरणभरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कुसुमकुमार कार्कीलेप्रस्ताव पेस गरेका छन् ।

‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिन भित्र जिल्ला कमिटीकासदस्यहरुले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ,’ कार्कीको प्रस्ताव उल्लेख छ, ‘यस आर्थिक वर्षका लागि माघ मसान्त भित्रसम्पत्ति विवरण बुझाउनु पर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित