निमाविका लागि आयोगले माग्यो २५९८ आवेदन

teacher

भक्तपुर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका विभिन्न विषयमा दुई हजार पाँच सयभन्दा बढी शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले अनलाइनबाटै पनि फर्म भर्न सकिने सुविधासहित जम्मा २५९८ जना शिक्षकको माग गरेको हो ।

बुधबार आयोगको वेबसाइटमा सूचना प्रकाशित गर्दै आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन गरेको हाृे । आयोगले नेपाली विषयमा ४३७ जना माग भएको छ भने अंग्रेजी विषयलाई ६२४ जनाको माग भएको छ।

यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित(विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ।

आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्।

सात सय शूल्क तिरेर आवेदन फारम भर्न सकिनेछ।

माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्।

आयोगको वेबसाइटबाट गएर अनलाइन फारम भर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित