प्रहरीसँगको मिलेमतोमा बेलहिया सिमाबाट तस्करी

sun taskariरुपन्देही । रुपन्देहीको भारतीय सीमा नाका बेलहिया क्षेत्र आसपासबाट नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको छ । सीमा सुरक्षा, तस्करी र सीमा अपराध नियन्त्रणमा खटिएका प्रहरीहरुसँगको मिलोमतोमा तस्करी बढेको हो । सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बेलहियामा नयाँ प्रहरी प्रमुख आएसँगै तस्करहरुले अवैध कार्यहरुलाई बढावा दिएका हुन् ।

नेपाल भारत सीमा नाका बेलहिया र यसको आसपास, भैरहवा भन्सार कार्यालय पछाडि, कोटियामाई मन्दिरको पूर्वी क्षेत्र बगाहा र पक्लिहवा क्षेत्रबाट अहिले तस्करहरुले तस्करी गरिरहेको खुलेयाम देख्न सकिन्छ । भारतीय बजारमा सस्तो र नेपाली बजारमा महँगो पर्ने सामानहरु अहिले भन्सार छली भएर नेपाल भित्रिरहेको व्यापारीहरु बताउँछन् ।

अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै चिनी, कस्मेटिक, तयारी पोषाक, सूर्तीजन्य पदार्थ, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयरका सामानहरु, किरानाका सामानहरु, कपडा, खाद्यान्न, इलेक्ट्रोनिकका सामानहरु र सुटिङ, सटिङका सामानहरु खुलेआम तस्करी हँुदै नेपाल भित्रिरहेको छ ।  पदमार्गबाट नेपाल आउन प्रतिबन्ध गरिएको पंक्षीजन्य कुखुरा र तीनका चल्ला समेत अहिले रुपन्देहीको सिमाक्षेत्रबाट तस्करी हुँदै नेपाल आईरहेको छ । बेलहिया नाकाबाट जसरी भारतबाट नेपालतर्फ अवैध रुपमा सामानहरु आइरहेको छ, त्यसरी नै नेपालबाट समेत बेलहिया नाका हुँदै फलफुल स्याउ, कवाड र कवाडको भित्र राखेर विभिन्न चाइनिज समानहरु भारततर्फ तस्करी भैरहेको खुलेआम देख्न सकिन्छ । उक्त नाकाबाट यसरी १ दर्जन भन्दा बढी तस्करहरुले काम गरिरहेका छन् । जसले इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुखलाई मासिक, साप्ताहिक र दैनिक नगद बुझाउने गरेका छन् । तस्करसँगको प्रहरी सेटिङ मिलाउने काम गर्नका लागी समेत प्रहरी जवानहरु खटिएको स्थानिय राम केवट बताउँछन् । इलाका प्रहरी कार्यालय बेलहियाले अहिले असई खडानन्द यादव र प्रहरी जवान विरेन्द्र चौहानलाई तस्करसँग सेटिङ मिलाउने, असुल गर्ने गर्दछन् । उनीहरुले तस्करीमा सहयोग गरेबापत समयमा रकम नबुझाउनेलाई सुराकी गरी सामान पक्राउने समेत दोहोरो भूमिका निर्वाह गर्ने गरेको लुम्बिनीखबरलाई एक व्यापारीले जनाए । अहिले तयारी पोसाक, हार्डवेयरका समानहरु, पानी तान्ने पम्म र चिनीको भन्सारमा कमी आएको भैरहवा भन्सार कार्यालयको रेकर्डबाट देखिनुले पनि तस्करी भइरहेको कुरालाई पुष्टि गरेको छ । कसरी हुन्छ प्रहरी सेटिङ ? सीमा क्षेत्रमा हुने तस्कर प्रहरीको सहमतीमा नै हुने गरेको देखिन्छ । प्रहरीको सहमती विना भारतिय बजारबाट नेपालमा हुने तस्करी त्यती सजिलो छैन् । सीमा क्षेत्रमा प्रहरीले सहमती नजनाएसम्म संस्थागत रुपमा तस्करी हुँदैन । प्रहरी र तस्करको सेटिङमा तस्करी हुने गर्दछ । बेलहिया नाकामा पनि प्रहरी र संस्थागत रुपमा तस्करी गर्नेहरु बीच सेटिङ मिलाएर तस्करी हुने गरेको छ । यस नाकाबाट १ दर्जन जति तस्करहरुले मासिक रुपमा प्रहरीलाई रकम बुझाएर तस्करी गर्ने गरेका छन् ।

बेलहियामा तस्करी गर्नेहरु बेलहियामा अहिले तस्कर गर्नेहरु कोही भारतीय नागरिक छन् भने कोही नेपाली नै छन् । यी तस्करहरुको काम सँधै  सीमा क्षेत्रमा तस्करी गर्नु हो । प्रहरीसँग यिनीहरुको सेटिङ मिलेमा तस्करी गर्ने सेटिङ नमिलेमा तस्करी रोक्ने गर्दछन् । आफुलाई गुप्ता भनेर चिनाउने एकजना मुस्लिमले दैनिक सुर्तीको काम गर्दछन् ।

कपडाको काम गर्नेहरु शम्भु भन्ने एकजना मुस्लिम रहेका छन् । पेन्टको तस्करी गर्ने नाटे, सुकु र पण्डित नाम गरेका तस्कर रहेका छन् । यिनीहरुले पानी तान्ने पम्पदेखि पाएसम्म सबै समान तस्करी गर्ने गरेका छन् । नेपालबाट भारत तर्फ फलफुल स्याउको कारोबार गर्नेहरुमा यादव थरका दुई जना रहेका छन् । उनीहरुको बेलहिया स्थित ममता होटलको दक्षिण साईडमा गोदाम रहेको छ ।भैरहवाबाट चाईनीज स्याउ गोदाम सम्म पु-याउने र साईकलमा भारतीय बजार सम्म लैजाने काम गर्दछन् । यिनीहरुले बाईपास हुदै साईकलमा सामान पारी  पु¥याउँछन् । अफ्रोज जसले नेपालको कवाड भारतीय बजार सम्म पु¥याउने र भारतीय बजारबाट नेपाल तर्फ ल्याउन सकिने जुन पनि सामान क्यारिङ गरी नेपाल ल्याउने काम गर्दछन । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित