प्रहरीको आडमा वीन वीनको भारतमा मानव तस्करी

Win-Win-Networkingपोखरा । भारतमा सञ्चालित अवैध नेटवर्किङ व्यापार डिडि र वीनवीन कम्पनीमा संलग्न भई नेपालमा कारोबार गर्नेलाई गृहमन्त्रालयले कारबाहि गर्न स्पष्ट निर्देशन दिएपनि बेलहिया प्रहरीले ती कम्पनीमा काम गर्न जाने र ती कम्पनीका सदस्यता देखाउनेहरुलाई निस्फिक्री छाडिदिने गरेको छ । स्रोतका अनुसार प्रहरीले उनीहरुसँग मोटो रकम असुली छाड्ने गरेको हो ।

गत मंसिर महिनाको पहिलो हप्ता जिल्ला बालकल्याण समिति रुपन्देहीले आयोजना गरेको बालबालिका बेचबिखन रोकथाममा दुई देशीय अन्तरसंवाद कार्यक्रममा नेपाल र भारतका सुरक्षा अधिकारी तथा नागरिक समाजका अगुवाहरुले डीडी र वीनवीन कम्पनीको नाममा मानव तस्करी भइरहेको तथ्य सहित सो कम्पनीलाई तत्काल रोक्न आग्रह गरेका थिए ।

रुपन्देहीका तत्कालिन प्रमुख बुद्धिराज गुरुङले डिडि र वीनवीन कम्पनीको नाममा नेपालका सोझा साझा नागरिकलाई बेचिने गरेको प्रमाण समेत पेश गरेका थिए । सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र नागरिकले मात्रै होइन भारत नेपाल मैत्री समाजका राष्ट्रिय अध्यक्ष अनिल गुप्ताले समेत डिडि र वीनवीन कम्पनिलाई तत्काल बन्द गर्न माग गरेका थिए । सोही कार्यक्रममा भारतका सुरक्षा अधिकारीहरु विक्रम सिंह, नचिराम यादव र नेपालका सुरक्षा अधिकारीहरु एसएसपी शेरबहादुर बस्नेत, तत्कालिन रुपन्देहीका सिडिओ विष्णुप्रसाद ढकालले ती कम्पनीलाई भारतमा सञ्चालनमा रोक लगाउने र त्यस्ता कम्पनीमा जान खोज्नेलाई सीमामै नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका थिए ।

भारतको बनारस, लखनऊ, गोरखपुर, चण्डीगढ, र दिल्ली लगायतका मुख्य शहरहरुमा नेपाली भाषी भारतीयद्वारा खोलिएका डीडी र वीन वीन नेटवर्किङ कम्पनीमा शुरुमा सदस्य हुन ९ हजार भारतीय रुपैयाँ र पछि २५ हजार लाग्ने जसको प्रतिफल मासिक हजारांै रकम प्राप्त हुनेगरी विजनेश पोलीसी बनाइएको छ । उक्त कम्पनीले नेपालको पहाडी क्षेत्रमा आफ्नो सन्जाल विस्तार गरी पहाडका किशोरीहरुलाई आकर्षण गर्ने विभिन्न योजना ल्याएको छ।

सोही आकर्षणमा परेर जाने किशोरीहरुलाई भारतमा यौन शोषण हुने त कयौं रेडलाइट एरियामा बेचिने गरेको तथ्य बाहिर आएको छ ।यसरी खुलेआम मानव तस्करी र सामानको तस्करी भइरहदा भने सो क्षेत्रको कमाण्ड सम्हालेका इलका प्रहरी कार्यालय बेलहिया भने मौन देखिएको छ । इप्रका बेलहियाका प्रहरी निरीक्षक रविन विष्टले डीडी र वीन वीन कम्पनिमा जान खोज्नेहरुलाई फर्काइदिएको जिकिर गरे । प्रहरी निरीक्षक विष्ट आफु आउनुभन्दा अगाडी के थियो थाहा नभएको तर आफुले अहिले सम्म कुनैपनि व्यापारीसंग पैसा नलिएको जनाउँदै अवैध व्यापारलाई प्रोत्साहन नगरेको बताए ।पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा नयाँ डिआईजी मधुप्रसाद पुडासैनीको आगमन लगतै पोखरामा भएका पत्रकार अन्तरक्रियामा सिमाको तस्करी रोक्ने प्रतिवद्धता जनाएका छन् । उनको प्रतिवद्धता अनुसार तस्करी रोक्न सिमा नाकामा रहेको प्रहरी र तस्कर वीचको सेटिङ व्रेक हुन्छ हुन्न त्यो भने भविष्यले वताउने नै छ ।वीन वीनका नेपाली सञ्चालक यमराज तामाङ केही समय भूमिगत रहेपनि अहिले काठमाडौंमा रहेर उक्त कारोबारको अवैध धन्दालाई थप तिब्र बनाइरहेका छन् । एसएसपी सर्वेन्द्र खनाल महानगरिय अपराध महाशाखाको प्रमुख छँदा तामाङको नेटवर्क तोड्न खोज्दा तामाङ फरार भई भारतमा लुगेर बसेका थिए । अहिले खनाल महाशाखाबाट सरुवा भएपछि तामाङले आफ्नो धन्दालाई तिब्र बनाएका हुन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित