नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिकाे कारबाही, योग्यता नपुगेकालाई माथिल्लो पदमा नियुक्ति

Bima_Nepal Life

काठमाडौं । आफूलाई नेपालकै ठूलो बीमा कम्पनी भन्ने दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कारबाहीमा परेको छ । कुनै समय बीमा कम्पनीहरुमा सबैभन्दा धेरै राजस्व तिरेर कर कार्यालयबाट पुरस्कृत हुँदै आएको नेपाल लाइफ पछिल्लो समयमा खस्कँदै गएको देखिएको छ ।

पछिल्लोपटक आफूलाई एक महिनाको बीमा रकम संकलनलाई अग्रस्थानमा भन्दै सञ्चारमाध्यमहरुमा विज्ञापन दिँदै आएको ‘नेपालकै नम्बर १’ कम्पनी दाबी गर्ने नेपाल लाइफलाई बीमा समितिले कारबाही गरेको हो ।

समितिले नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकलाई नियमविपरीत एकभन्दा बढी समिति र उपसमितिमा आबद्ध गराएको र योग्यता नपुगेको व्यक्तिलाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेकोलगायत विषयमा समितिले कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो।

गत पुस ६ मा बसेको बीमा समितिको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

‘उक्त कम्पनीमा १४ वटा समितिरउपसमितिमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ र विमल ढकाल ३ वटा समितिरउपसमितिमा संयोजक रहेको देखिन आएको हुँदा यस समितिबाट जारी बिमकको संस्थागत सुशासनसँग सम्बन्धित निर्देशिका २०७५ को व्यवस्थाविपरीत रहेको देखियो,’ समितिको निर्णयमा भनिएको छ।

निर्देशिकामा एउटा समिति तथा उपसमितिम संयोजक रहेको रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन नपाउने व्यवस्था छ। कम्पनीका सहायक महाप्रबन्धक अमितकुमार कयाललाई आवश्यक योग्यता नपुगेकै अवस्थामा नायब महाप्रबन्धक पदमा नियुक्त गरेका विषयमा पनि नेपाल लाइफ इन्स्योरेन्सलाई समितिले कारबाही गर्ने निर्णय गरेको हो।

त्यसका साथै बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि कर्मचारीहरु नियुक्तिको नाममा नक्कली कर्मचारी खडा गरी उनीहरुको पारिश्रमिक बापतको रकम हिनामिना गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित