प्रधानमन्त्रीले गृहमन्त्री र सप्तरीका सिडिओसँग छलफल गर्दै

pracheकाठमाडौं : प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ ले सप्तरी घटनाबारे छलफल गर्ने र यथार्थ विवरण लिन गृहमन्त्री विमनेन्द्र निधि, सप्तरीका सिडिओ उद्धवराज तिमल्सिना र एसपी दिवेश लोहनीलाई बोलाएका छन्। सप्तरी घटना हुँदा कैलालीमा रहेका गृहमन्त्री निधि आज बिहान हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका छन्। सिडिओ र एसपी पनि आजै काठमाडौं आउँदै छन्। सप्तरीमा सुरक्षा संयम अपनाउन र गोली नचलाउन सुरक्षा निकायलाई निर्देशन दिएको भए पनि अन्तिममा गएर किन र कसरी गोली चल्यो भन्ने पत्ता लगाउन प्रधानमन्त्रीले छलफल बोलाएका हुन्। यता गोली चलाउने आदेश भने गृहमन्त्रीले नै दिएको निधीले स्वीकारी सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित