सप्तरीका सीडीओसहित प्रहरी प्रमुखहरुलाई फिर्ता बोलाउने निर्णय

काठमाडौं : गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखलाई काठमाडौं फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) उद्धवप्रसाद तिमल्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर कार्कीलाई मन्त्रालयमा बोलाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले जानकारी दिए । सीडीओ तिमल्सिना एक हप्ताअघिमात्र सप्तरी जिल्ला सरुवा भएका थिए । सोमबार नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत राजविराजमा भएको सभाका क्रमका प्रहरी र मधेसी मोर्चाबीच भएको झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो। सप्तरीमा मंगलबार पनि तनाव जारी छ। स्थानीय प्रशासनले राजविराजसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित