खतरनाक डन समिरमानको साथबाट किन केही बरामद् भएन ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिअाईबी) ले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई पक्राउ गरेपछि केही रोचक तथ्यहरु बाहिर आएका छन् ।

प्रकाउ परेका ३४ वर्षीय बस्नेतले प्रहरीमा छाती फुलाएर बयान समेत दिएका छन् । बस्नेतले भनेका छन्, ‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो । सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो । मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं । हामीसँग छैन ऊ ।’ सबैभन्दा अचम्मको कुरा त के छ भने बस्नेत बिगतमा प्रहरी संरक्षणमा नै गुण्डागर्दी गर्दथे भने उनका आफन्त पर्ने केही प्रहरीको आडमा बिरोधी ग्याङलाई कुनै न कुनै मुद्दा लगाएर फसाउंदै आफ्नो असुली धन्दालाई बढवा दिंदै आएका थिए ।

बिगतमा प्रहरीले गुण्डा नाइकेहरु दावा लामा,मिलन चक्रे, रमेश बाहुन जस्ता बस्नेतका बिरोधीलाई पक्राउ गर्दा लागु अौशध र हतियार बरामद् गरेको थियो । बस्नेतका शत्रु अर्का गुण्डा नाइके दिनेश अधिकारी 'चरी'को त प्रहरी इन्काउण्टर परि मृत्‍यु भैसकेको छ ।  तर,  लागु अौशध सेवनकर्ता र १५/२० जनाको हतियारधारी समुह चलाउने  बस्नेतलाई चितवनबाट पक्राउ गरेको वताउने प्रहरीले उनको साथबाट केही पनि बरामद् गर्न नसकेको हो वा बस्नेतले आत्मसमर्पण गरेका हुन ? अचम्मको बिषय बनेको छ ।

समिरमान बस्नेतले विदेशमा नै बसेर अपराधिक गतिविधि गर्ने र ती गतिविधिलाई लुकाउन प्रहरीदेखि राजतिक दलसम्मको सेटिङ मिलाउने गरेको देखिएको छ । समिरमानले कुनै पनि अपराधिक समुहसँग काम नहुन्जेल सम्बन्ध राख्ने र त्यसपछि छुट्ने गरेको देखिएको छ । पुनसँगको सम्बन्ध पनि कमिसनमा विवाद बढेपछि छुटेको प्रहरीले जनाएको छ ।

सिअाईबीले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर बस्नेतको बयानको अडियो सार्वजनिक गर्‍यो ।समिरमानले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएको आइतवार आयोजित पत्रकार सम्मेलनमा डिआइजी पुष्कर कार्कीले बताए । समिरले गौचन र तिवारीको हत्या मात्र होइन ।गत चैत २९ गते गुह्येश्वरी फाँटमा दावा लामालाई गोली हानेको समेत प्रहरी समक्ष स्वीकार गरेको कार्कीले बताए । यसरी प्रहरीकै सामुन्ने छाती फुलाएर गर्बका साथ दुई जनाको हत्या र एक जनामाथि गोली हान्न लगाएको स्विकार गर्ने  खुंखार अपराधी बस्नेत को बाट कसरी संचालित छन् ?  अर्को रहस्यको बिषय हो । प्रहरीको अनुसन्धान र समिरको बयान अनुसार गौचनको हत्या योजना समिरमानले बनाएको र लोप्साङले कार्यान्वयनमा मुख्य भूमिका खेलको देखिन्छ ।विगत साढे दुई वर्षदेखि समिर देशबाहिर बसेर नेपालभित्र आपराधिक गतिविधि गर्दै आएको प्रहरीको दावी छ । समिरमान बस्नेत र मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गरेको भनिए पनि समिरले भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी गरेका छन् । पुन दुर्गा तिवारीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा छन् ।तर, दुई महिना सम्म भारतको गोवामा बसेर सुराकी गरी बस्नेतलाई नेपाल ल्याउन सफल भएको सिअाईबीको टोलिले किन लोप्साङ,रोशन बुढाथोकी, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, सुटर अम्बरबहादुर राना, र अजय थापालाई पक्राउ गर्न सकेन?  प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए।  

प्रतिक्रिया

सम्बन्धित