१५०८१ को परिक्षण गर्दा थप ३५५३ मा कोरोना पुष्टी, १ को मृत्यु

Corona_Test

काठमाडौंनेपालमा पछिल्लो २४ घन्टामा ३५५३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ८१  नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा २७१ जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ३२ लाख ५६ हजार ४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

नेपालमा अहिलेको अवस्थामा १४ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा नेपालमा संक्रमितको संख्या अत्याधिक मात्रामा बढ्दैगइरहेको छ । मन्त्रालयले जनमानसमा स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित