ढुंगेललाई पक्राउ गर्न नसक्नु नाजुकपन रहेको अमेरिकाको भनाई

balkrishnaकाठमाडौं : संयुक्त राज्य अमेरिकाले सर्वस्वसहित जन्मकैद सजायँ पाइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आग्रह गरेको छ । ढुंगेललाई पक्राउ गर्न नेपाल सरकारलाई सार्वजनिक रुपमै आह्वान गर्दै अमेरिकी प्रतिवेदनले भनेको छ–‘द्वन्द्वकालमा मानवअधिकार हननमा संलग्न भनि सर्वोच्च अदालतबाट दोषी ठहर भई जन्मकैद पाएका माओवादी पूर्वसभासद बालकृष्ण ढुंगेल सन् २०१६ मा पनि खुलेआम हिँडिरहेका छन् । तर, उनलाई अझै पक्राउ गरिएको छैन् । यो नाजुक अवस्था हो ।’ सर्वोच्च अदालतले नेपालको दशवर्षे द्वन्द्वसँग सम्बन्धित घटनामा गरेका फैसला तथा सरकारी तहबाट कार्यान्वयन नभएको बताउँदै शनिबार अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विश्वव्यापी वार्षिक मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदनको नेपाल खण्डमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका तर खुलेयाम हिडिरहेका ढुंगेललाई पक्राउ नगरिएको उल्लेख छ । अहिले सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका नेता ढुंगेल ओखलढुंगाबाट निर्वाचित पूर्व सांसद हुन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई सर्वोच्च अदालतले जन्मकैद सजायँ सुनाएका ढुंगेल हाल प्रहरीको फरार सुचीमा छन् । सर्वोच्च फैसलापछि लुकीलुकी हिड्दै आएका ढुंगेल प्रचण्ड प्रधानमन्त्री बनेपछि खुलेयाम हिड्न थालेका छन् । अमेरिकाले ५० पेज लामो उक्त प्रतिवेदनमा नेपालका अदालतहरू राजनीतिक दबाब, घुसखोरी तथा करकापबाट प्रताडित भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित