एनसेलका कारण नेपाली ठेकेदार कम्पनी बैंक डिफल्टर बन्दै

ncelacharyaकाठमाडौं । नेपाल सरकालाई झन्डै ३५ अर्व लाभकर नबुझाउन बिभिन्न बखेडा झिक्दै आएको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलका कारण नेपाली र विदेशी ठेकेदार कम्पनीहरु समेत मर्कामा परेका छन् । एनसेलले समयमै पैसा नदिंदा उनीहरु बैंक डिफल्टर हुने संभावना समेत बढेको छ । नेपाली कम्पनीहरुलाई काम गरे बापत एनसेलले वर्षौदेखि करोडौ रकम दिएको छैन ।

 महत्वपूर्ण स्थान डाटा सेन्टरमा काम गर्ने विभिन्न कम्पनीहरुको करोडौं रकम नतिरेपछि उनीहरु मुद्दा हाल्ने तयारीमा समेत जुटेको एनसेल स्रोतले बतायो । एनसेलका विभिन्न जिल्लाहरुमा काम गर्ने ८ वटा सिभिल र इन्जिनियरिङ्ग क्षेत्रमा काम गर्ने कम्पनीहरुले पनि एनसेलबाट करोडौ भुत्तानी नपाएको पीडित कम्पनीहरुले बताएका छन् । एनसेलमा एक्जिएटाको तर्फाबाट लेखा प्रमुख बनेका हादी हाल्मीले सिभिल र इन्जिनियरिङ्गमा काम गर्ने कम्पनीहरुलाई तिर्न बाँकी रहेको रकम बारम्बार ताकेता गर्दा समेत रकम भुक्तानी नदिएको एक पीडिल सव कन्ट्याक्टरले जानकारी दिए ।

 बर्षमा २० अर्ब रुपैयाँ भन्दा बढि नाफा गर्ने कम्पनी एनसेललाई आजको अबस्था सम्म ल्याउन सहयोग गर्ने नेपाली कम्पनीको बर्षौदेखि काम गरेको रकम भुक्तानी नदिंदा कम्पनीहरुले बैंकबाट लिएको ऋण तिन नसकेको ठेकेदार कम्पनीका एक सञ्चालकले बताए । एनसेलसँग सुरुदेखि नै काम गर्ने कम्पनीहरु कोरोम्याटिक्स, प्रोक्सी, एचपी र इबिएमले एनसेलबाट पाउनुपर्ने करोडौं रकम नपाएको भन्दै उजुरी गर्ने तयारी गरेका छन् ।एनसेलले काम गरिको रकम उपलब्ध नगराएका कारण एनसेलसँग काम गरिरहेका धेरै ठेकेदार कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई तलब समेत दिन नसकेको बताएका छन् । नाफामा गइरहेको कम्पनीले नेपाल सरकारलाई तिर्नपर्ने  कर र लाभकर पूँजी समेत गरि अर्बौ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

 झिक्दै आएको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलका कारण नेपाली र विदेशी ठेकेदार कम्पनीहरु समेत मर्कामा परेका छन् । एनसेलले समयमै पैसा नदिंदा उनीहरु बैंक डिफल्टर हुने संभावना समेत बढेको छ । नेपाली कम्पनीहरुलाई काम गरे बापत एनसेलले वर्षौदेखि करोडौ रकम दिएको छैन ।

 महत्वपूर्ण स्थान डाटा सेन्टरमा काम गर्ने विभिन्न कम्पनीहरुको करोडौं रकम नतिरेपछि उनीहरु मुद्दा हाल्ने तयारीमा समेत जुटेको एनसेल स्रोतले बतायो । एनसेलका विभिन्न जिल्लाहरुमा काम गर्ने ८ वटा सिभिल र इन्जिनियरिङ्ग क्षेत्रमा काम गर्ने कम्पनीहरुले पनि एनसेलबाट करोडौ भुत्तानी नपाएको पीडित कम्पनीहरुले बताएका छन् ।

 एनसेलमा एक्जिएटाको तर्फाबाट लेखा प्रमुख बनेका हादी हाल्मीले सिभिल र इन्जिनियरिङ्गमा काम गर्ने कम्पनीहरुलाई तिर्न बाँकी रहेको रकम बारम्बार ताकेता गर्दा समेत रकम भुक्तानी नदिएको एक पीडिल सव कन्ट्याक्टरले जानकारी दिए । बर्षमा २० अर्ब रुपैयाँ भन्दा बढि नाफा गर्ने कम्पनी एनसेललाई आजको अबस्था सम्म ल्याउन सहयोग गर्ने नेपाली कम्पनीको बर्षौदेखि काम गरेको रकम भुक्तानी नदिंदा कम्पनीहरुले बैंकबाट लिएको ऋण तिन नसकेको ठेकेदार कम्पनीका एक सञ्चालकले बताए ।

 एनसेलसँग सुरुदेखि नै काम गर्ने कम्पनीहरु कोरोम्याटिक्स, प्रोक्सी, एचपी र इबिएमले एनसेलबाट पाउनुपर्ने करोडौं रकम नपाएको भन्दै उजुरी गर्ने तयारी गरेका छन् । एनसेलले काम गरिको रकम उपलब्ध नगराएका कारण एनसेलसँग काम गरिरहेका धेरै ठेकेदार कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई तलब समेत दिन नसकेको बताएका छन् । नाफामा गइरहेको कम्पनीले नेपाल सरकारलाई तिर्नपर्ने  कर र लाभकर पूँजी समेत गरि अर्बौ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

ncelacharya

प्रतिक्रिया

सम्बन्धित