डा. गुप्ता निर्दोश साबित, सिअाईबीले तिर्न सक्छ मानहानीको मुल्य ?

drguptaकाठमाडौँ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिअाईबी)ले नक्कली डाक्टरलाई धमाधम पक्राउ गरेको समाचारले ठुलै हल्लीखल्ली मच्चियो । आम मानिसको स्वास्थ्यसँग जोडिएको चिकित्सक पेशालाई नै नक्कली प्रमाणपत्रको आडमा धज्जी उडाउने डाक्टरहरुको लागि सो आलोचना एक हदसम्म सहि नै थियो ।  नक्कली सर्टिफिकेटको आडमा डाक्टरको बर्दी भिर्नेलाई त्यसले ठुलै तरंग समेत ल्याइदियो । तर, त्यही भिडमा कुनै डाक्टरसँग सक्कली प्रमाणपत्र हुँदाहुँदै पनि अपराधी बनाइन्छ भने ती निर्दोष डाक्टरलाई चोट पर्नु स्वभाविक हो ।

  यस्तै परिस्थितीको शिकार भए नर्भिक अस्पतालका बाथ रोगका वरिष्ठ चिकित्सक डा. अरुण गुप्ता । डा. गुप्ताको यसै विषयमा काठमाण्डौं जिल्ला अदालतमा विगत ९ महिना देखि विचाराधिन सरकारवादी मुद्धा अन्र्तगतको नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सेवा प्रवेस गरेको अभियोग सहितको मुद्धाको बिहिबार  फैसला भएको छ ।

 उनकोे मुद्धाको अन्तिम फैसला गर्दै न्यायाधिश कृष्णराम कोइरालाको इजलासले सफाई दिएको छ । सिअाईबीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली र चिकित्सक दर्ता परिक्षा उतीर्ण नगरी मानिसको स्वास्थ्य सेवामा खेलवाड गर्ने जस्तो जघन्य अपराध गरेको अभियोगमा गत अषाढ ३ गते पक्राउ गरिएका एक दर्जन चिकित्सकहरुमध्ये डा.गुप्तालाई पनि अपराधीको कोटीमा मुछेको थियो ।

 उनी विरुद्ध लगाइएको अभियोगपत्र सरोकारवाला निकायले प्रमाणित गर्न नसकेपछि उनी विरुद्धको सबै अभियोग जिल्ला अदालतले खारेज गरेको छ । नक्कली डाक्टरको अभियोगमा मुछिएका डा. गुप्ताले नै सम्भवत : पहिले सफाइ पाएका छन् । तर यता डा. गुप्ता भने सरोकारवाला निकायसँग रुष्ट बनेका छन् । आवश्यक प्रमाणपत्र नजुटाइकन  ठगी गरेको आरोप लगाउदै नक्कली डाक्टर भनिएकोमा आफ्नो मानहानी भएको र महिनौसम्म लम्बेको मुद्दाले आम मानिसले  आफुलाई हेर्न दृटिकोण नै बदलिएको प्रति चिन्तित बनेका छन् ।

  da9 उनी भन्छन् - 'आवश्यक प्रमाणपत्र नजुटाइकन दोषी ठहर्याउनेले मेरो निर्दोषताको व्याख्या कसरी गर्न सक्छ ? मेरो मानहानी भएको छ यसको भरपाई कसरी हुन्छ ?' डा. गुप्ता विगत १० बर्षदेखि वाथ रोग विषेशज्ञको रुपमा कार्यरत छन् । भारतको एलएस कलेज (मोजफ्पुर) मा आइएसी अध्ययन गरेको उनको आएस्सीकोे प्रमाणपत्र नक्कली भएको भन्दै उनी विरुद्ध ठगी मुद्दा दर्ता गराइएको थियो ।

   नक्कली प्रमाणपत्रको आधारमा बाथ रोग विशेषज्ञ भई तलब खादै आएको भन्दै तलबलाई ठगीको संज्ञा दिइएको थियो । अनुसन्धान नै फिलतो यो घटनापछि सस्तो प्रचारमा रमाउन चाहने सिअाईबी प्रमुख नवराज सिलवाललाई ठुलो झट्का लागेको छ  । तत्कालिन डिअाईजी हेमन्त मल्ल ठकुरीले सुरु गरेको नक्कली डाक्टरको अप्रेसनलाई सिलवालले आफुले सुरु गरेको भन्दै जस लिने काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित