एमाले प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै

emale-111

काठमाडौं। नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ । 

यससँगै एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित