कालीमाटी तरकारी बजार बन्द

kalimatiकाठमाडौं : कालीमाटीस्थित फलफूल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा प्रत्येक वर्ष फागुन २० गते बजार बन्द गरिदैं आएको छ। कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ । विसं २०६८ मा भएको सो घटनाबाट बजारको भौतिक संरचनामा समेत ठूलो क्षति भएको थियो । बजारको भौतिक पूर्वाधार अहिले मर्मत तथा पुनःनिर्माण सुरु गरिएको भएपनि अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । उपत्यकामा तरकारी र फलफूलको सुपथ मूल्यमा आपूर्ति हुने सो बजार बन्द भएपछि उपभोक्तालाई समस्या भएको व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित