मुख्यसचिव सुवेदी एडीबीको कार्यकारी निर्देशक

Somlal-Subedi-2काठमाडौं : सरकारका मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंक(एडीबी)को बैकल्पिक कार्यकारी निर्देशक हुने भएका छन् । मुख्यसचिवमा नियुक्त भएको एक वर्ष नबित्दै सुवेदी एडीबीको कार्यकारी निर्देशक भएर फिलिपिन्सको मनिला जान लागेका हुन् । मुख्यसचिवको पदाबधि तीन वर्षको हुन्छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एडीबीको कार्यकारी निर्देशकमा पठाउने निर्णय गर्ने बताइएको छ । सुवेदीले आफूलाई एडीबी निर्देशकमा मनोनयन गर्न आग्रह गरेपछि मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बताइएको छ ।एडीबीका कार्यकारी निर्देशकको मासिक तलब १८ हजार डलर हुन्छ । उक्त पदमा यसअघि नेपालका तर्फबाट डाक्टर गोविन्दबहादुर थपाले काम गरेका थिए । सुवेदी एडीबीमा गएपछि मुख्यसचिवका लागि सचिवद्धय शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ लविङमा लागेका छन् । सुवेदी  अर्थसचिव हन् भने श्रेष्ठ शिक्षासचिव हुन् ।

प्रतिक्रिया

सम्बन्धित