काँग्रेस नेता गगन थापा माथि बम आक्रमण हुँदा प्रहरी मुकदर्शक

काठमाडौं । चुनावी प्रचारमा रहेका नेपाली काँग्रेसका युवा नेता गगन थापा माथि बम आक्रमण भएको छ । सोमबार थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् ।

काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलो कार्यक्रम सकेर चुनावी कोण सभा गर्ने क्रममा उनी माथि बम आक्रमण भएको हो ।

थापासँगै चुनावी अभियानमा रहेका ७ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् ।

जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ ।बम आक्रमणमा सँलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । निर्वाचनको मिती नजिकिंदै गर्दा काठमाडौंमा प्रहरीको सुरक्षा व्यबस्था कमजोर बन्दै गएको छ  ।

प्रतिक्रिया

सम्बन्धित