शंकास्पद कारोबार देखिएपछि अख्तियारले मगायो ग्लोबल आईएमईको खाता

[caption id="attachment_25407" align="alignleft" width="666"]फाइल :तस्बिर फाइल :तस्बिर[/caption]

काठमाडौं । शंकास्पद कारोबार गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्लोबल आईएमई बैंकको सम्पूर्ण खाता विवरण मगाएर अनुसन्धान थालेको छ ।

 बैंकका अध्यक्ष चन्द्र ढकाल बैंक प्रवेश गर्दाको अवस्था र हालको उनको हैसियत समेत रहस्यमय देखिएपछि अख्तियारले ढकालमाथि पनि अनुसन्धान थालेको अख्तियार स्रोतको भनाई छ । विगतमा सिंगापुर र मलेसियामा समेत रेमिट्यान्सको नाममा कम्पनी खोलेर अबैध हुण्डी देखि डलरको कारोबार गरेको आरोप लागेका ढकाल ६ वर्ष पूरा भइसक्दा पनि बैंकको अध्यक्ष पदमा नै छन् ।

  अख्तियारको विशेष अनुसन्धान महाशाखाले बैंकसँग सम्पूर्ण खाता विवरण र सञ्चालकहरुको नाम माग्दै पत्राचार गरेपछि बैंकले गत माघ १८ गते सम्पूर्ण विवरण पठाइसकेको र त्यसमाथि अनुसन्धान भइरहेको अख्तियार स्रोत बताउँछ ।

 विशेष अनुसन्धान महाशाखाका रितेशकुमार शाक्यको नाममा ग्लोबल आईएमई बैंकले पत्राचार गरेर खाता विवरण र सञ्चालकहरुको नाम पठाएको अख्तियार स्रोतले थप बतायो । त्यसो त पछिल्लो समय गैरकानुनी रुपमा चन्द्रागिरी केबुलकार सञ्चालन गर्रेको विषयमा पनि अख्तियारले ढकालको कम्पनीमाथि छानविन गरिरहेको छ ।

 उक्त कम्पनीमाथि जङ्गल फडानी गरेको भन्दै मुद्दा समेत परेको छ । दुई वर्ष अघि पनि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सिआईवी) ले ढकालका शंकास्पद कारोबारमाथि अनुसन्धान गरेको थियो । त्यतिबेला मलेसिया र सिंगापुरमा कम्पनी खोलेर रेमिट्यान्सको काम गर्ने भन्दै ढकालले अवैध हुण्डी र डलरको काम गरेको भन्दै छानविन भएको थियो । तर, शक्ति केन्द्रसँग सजिलै पहुँच र आर्थिक प्रलोभनमा पार्न सक्ने क्षमता भएका ढकालले तुरुन्तै उक्त मुद्दा सल्टाएका थिए ।

 अहिले अख्तियारले सोही प्रकरणमा खाता मागेर अनुसन्धान थालेपछि ढकाल तिल्मिलाएका छन् । त्यसो त लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त छँदा ढकालमाथि एनसेल प्रकरणमा कारबाही गर्न खोजेका थिए ।

 एनसेलको लाभकर प्रकरणका ठेकेदार लोकमानलाई नै माथ खुवाउने गरी ढकालले एक्जिएटा कम्पनीको नेपालको प्रतिनिधित्व गर्न खोजेपछि उनी लोकमानको तारो बनेका थिए । किनकी एक्जिएटाको नेपाल प्रतिनिधित्व गराउन लोकमानले अगाडि नै शतिशलाल आचार्यसँग १० करोड बुझिसकेको चर्चा चलेको थियो ।

  त्यसकारण लोकमानकै निर्देशनमा ढकाललाई फसाउन खोजिएको त होइन भन्ने आशंका पनि उब्जिएको छ । ढकालमाथि एनसेल प्रकरणमा लोकमान र एक्जिएटालाई जोडेर बद्नाम गराउन खोजेको आरोप पनि लागेको थियो । तर, आफ्नो डिल असफल भएपछि ढकाल त्यतिखेरै चुप लागेको एनसेलका एक कर्मचारीले बताए । - यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित