शताब्दी पुरुष जोशीलाई भेट्न अस्पताल पुगे स्वास्थ्यमन्त्री खतिवडा

satyamohan_birodh

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी लिएका छन् ।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर मन्त्री खतिवडाले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उक्त अवसरमा मन्त्री खतिवडाले जोशीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै जोशीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । जोशीलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित