डिआईजी सिलवालले कंगाल बनाएकालाई न्याय दिलाउने देउवाको आश्वसन

bbhuकाठमाडौं । अर्काको सम्पत्ति हडप्न बर्दिको आडमा गुण्डागर्दी शैलीमा गैरकानुनी काम गरेको आरोप लागेका डिआईजी नवराज सिलवालमाथि छानविन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो देखाएका छन् ।

  गुल्मी तम्घास निवासी वसन्तबहादुर भुजेलको सम्पत्ति हडप्न सिलवाल र उनका भाई सुदर्शनले गरेको अत्याचारको विषयमा विभिन्न अनलाईन मिडियामा समाचार प्रकाशित भएपछि सभापति देउवाले भुजेललाई फोन गरी आफूले कुनै पनि हालतमा न्याय दिलाईदिने आश्वसन दिएको भुजेल निकट पारिवारिक स्रोतले बताएको छ ।

  सिलवाल दाजुभाईकै अत्याचारका कारण प्यारालाइसिस भएर हिड्न नसक्ने अवस्थामा पुगेका भुजेल बेलायती सेनाका अवकाश प्राप्त सिपाहि हुन् । उनी १५ वर्षसम्म सिलवालकै अत्याचारका कारण विदेशिन बाध्य भएका भुजेलको दर्दनाक कहानी अनलाईनहरुमार्फत सार्वजनिक भएपछि सभापति देउवाले चासो देखाउँदै छानविनको आश्वसन दिएका हुन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ। सिलवालले भने आईजीपी बन्न नपाएको झोकमा कानुन व्यवसायीलाई डमी बनाएर सर्वोच्च अदालतमा देउवाविरुद्ध मुद्दा हालेपछि देउवा सिलवालसँग आगो बनेका हुन् । आईजीपी नियुक्तिमा आफ्नो कुनै पनि भूमिका नरहेको सभापति देउवाले स्पष्ट पारिसकेका छन्।

यो पनि पढ्नुहोस्:

सिलवालबाट सर्वस्व लुटिएर १५ वर्षसम्म बेलायत पलायन ब्रिटिश लाहुरेको दर्दनाक यो कथा

प्रतिक्रिया

सम्बन्धित