यि हुन् देउवालाई फसाउनेहरु

tekeकाठमाडौं । राजदूत नियुक्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै निकटका नेताहरूले फसाएपछि उनी चकित परेका छन् । ‘मैले विश्वास गरेकाहरूले नै मलाई फसाए’– देउवाले आफू निकटका केही नेताहरूसँग गुनासो गर्न थालेका छन् । देउवालाई राजदूत नियुक्तिमा जिपछिरिङ लामा, टेकबहादुर गुरुङ र परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले फसाएका हुन् । अहिले यी तीनैजनाले देउवालाई दोष दिने गरेका छन् । यतिसम्मकी परराष्ट्रमन्त्री डा.महतले कांग्रेस नेता र पत्रकारहरूसँग भन्ने गरेका छन्, ‘सभापति शेरबहादुर देउवा र आरजु भाउजुले दबाब दिएका कारण तीनजना वैदेशिक रोजगार व्यवसायीहरूलाई नियुक्ति गर्नुपरेको हो । मेरो केही दोष छैन ।’ तर, परराष्ट्रमन्त्री डा.महतले आशा लामा, शर्मिला पराजुली ढकाल र रमेश कोइरालासँग मोटो रकम लिएको कांग्रेसी कार्यकर्ताहरूले थाहा पाएको भुलेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपा र सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा परराष्ट्रमन्त्री डा.महत, जिपछिरिङ लामा र टेकबहादुर गुरुङलाई ‘थुक्न’ थालेका छन् । आफूहरूको धेरै विरोध हुन थालेपछि यी तीन भाइहरू सार्वजनिक स्थानहरूमा देखिन छाडेका छन् । गुरुङले आफ्ना सहयोगी वैदेशिक रोजगारी व्यवसायी रमेश कोइरालालाई कतारका लागि राजदूतमा सिफारिस गराउन सफल भएका छन् । त्यसबाफत गुरुङले परराष्ट्रमन्त्री डा.महतलाई दुई करोड दिएको स्रोतको दाबी ।

कोइरालाले थुप्रै नेपालीहरूलाई दुःख दिएको तथा ठगी गरेको उजुरी अहिले पनि वैदेशिक रोजगार विभाग र प्रहरी कार्यालयहरूमा निवेदन छन् । चौतर्फी विरोध भएपछि यूएईका लागि राजदूतमा सिफारिस भएकी आशा लामा र दुबईका लागि ओमानका लागि सिफारिस शर्मिला पराजुलीको निर्णय सरकारले बदर गरिसकेको छ । निर्णय बदर हुने पालो अब रमेश कोइरालाको रहेको कांग्रेसी नेताहरूले बताउन थालेका छन् । यो कुरा चाल पाएका रमेश कोइराला देउवा निकटका नेताहरूको ढोका धाउन थालेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित