फेकनको आयोजनामा दुई दिने चाइना एडु फेयर

feconfairकाठमाडौं । फेकन चाइना एजुकेशन फेयर नेपालको आयोजनामा आगामी शुक्रबाटरबाट चाइना एडु फेयर हुने भएको छ । २० र २१ गते राजधानीको लाजिम्पाटस्थित होटल सांग्रिलामा हुन लागेको उक्त फेयरमा नेपालबाट उच्च शिक्षाका लागि चाइना जान चाहने विदार्थीहरुलाई अध्ययन सम्बन्धि सम्पूर्ण जानकारी प्रदान गरिनेछ । फेयरमा विशेषगरी चाइना शिक्षा नीति, शैक्षिक विषय, शैक्षिक संस्था, छात्रबृत्तिलगायतका विषयमा विद्यार्थीहरुलाई परामर्श दिइने भएको छ । फ्रेस स्टाट चाइना र कोस्टल इन्टरनेशनलको सहप्रायोजक रहेको उक्त फेयरमा चीनका विभिन्न १२ वटा विश्वविद्यालयको सहभागिता रहने स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित