गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

Upendra

काठमाडौं । सत्तारुढ गठबन्धनको आज बेलुकी पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् । 

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमायादव नजाने भएका हुन् । 

‘अध्यक्ष उपेन्द्र यादवज्यु गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँअहिले सिरहामा हुनुहुन्छ । बिभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाईस्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ जसपा, नेपालका प्रमुखसचेतक प्रमोद साहले भने । 

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपका एस (एकीकृत समाजवादी), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमामतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो । 

सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र एमसीसी अहिलेकै अवस्थामा अनुमोदनगर्नुपर्ने पक्षमा उभिएको छ । बाँकी चार दल एमसीसी संशोधन गरेर मात्रअनुमोदन गर्नुपर्ने अडानमा छन् । 

प्रतिक्रिया

सम्बन्धित