मिडिया नै बन्द गर्न पछि नपर्ने सिलवालले लोकमान शैलीमा किन मागे सुरक्षा ?

lokeaकाठमाडौं । सामान्य नागरिकको हातमा न त बन्दुक नै हुन्छ नत सुरक्षाका लागि बन्दुकधारी सुरक्षागार्ड । तर, पनि यो मुलुकमा उनीहरु सुरक्षित छन् । सामान्य नागरिकको सुरक्षा गर्न सरकारले प्रहरी, सेना जस्ता दस्तालाई जनताको करबाट पालिरहेको छ । तिनै सेना तथा प्रहरीका कमाण्डर नै अुसरक्षित भए भने नागरिक कसरी सुरक्षित होलान् ? प्रश्न निकै गम्भिर छ ।

प्रसंग हो नेपाल प्रहरीका डिआइजी नवराज सिलवालको । सिलवालकै कमाण्डमा कस्ता कस्ता अपराधीलाई प्रहरीले ठेगान लगाएको चर्चा हुन्छ । तर, उनी आफैले भने असुरक्षित भएको भन्दै राज्यसँग सुरक्षाको लागि लजेस्टिक मागेको खुलाशा भएको छ ।

२०६६ साल माघ १० गते तत्कालिन प्रहरी प्रमुख रमेश चन्द ठकुरी समक्ष सिलवालले एउटा निवेदन दर्ता गरे । जसको दर्ता नम्बर थियो– १३१६र०६६र१०र१३ । उक्त निवेदनमा सिलवालले आफू काठमाडौं प्रहरी प्रमुख रहँदा आपराधीक सांगठनीक समुहलाई समाप्त पारेको दाबी गरिएको छ । सोही कारण सुरक्षामा चुनौती आएको उनले उल्लेख गरेका थिए । ‘हाल केही दिनदेखि अन्तर्राष्ट्रिय गेटवे प्रयोग गरी प्राइभेट कलको संकेत आउने नम्बरहरु मार्फत फोन गरेर मेरो ज्यानमाथि हमलाको धम्की बारम्बार आउन थालेको छ,’ उनले निवेदनमा लेखेका थिए,‘हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत रहँदा आफ्नो डिस्पोजलमा कुनै युनिट समेत नभएकाले मेरो सुरक्षार्थ प्रहरी विशेष कार्यदलबाट हतियार सहितको सुरक्षा खटाइ पाउँ र मलाई दिइएको सरकारी साधनमा समेत प्राइभेट प्लेट राख्ने अनुमति पाउँ ।’

उक्त निवेदन बारे प्रहरी प्रधान कार्यालयले के कस्तो कारबाही ग-यो त्यो विषय भने खुलेको छैन । त्यतिबेला सिलवाल अन्वेषण योजना महासाखाका बरिष्ठ उपरिक्षकको हैसियतमा थिए । तर, प्रहरी संगठन भित्र भने यस्तो निवेदनपछि निकै चर्चा भएको थियो । ‘उहाँ चुनौतीपूर्ण भूमिका निर्वाह गर्न सक्ने व्यक्ति हुनुहुन्छ,’ एक प्रहरी अधिकृत भन्छन्,‘तर सानासाना व्यावधानमा समेत आँत्तिने स्वभावका सुविधाभोगी भएका कारण संगठनमा पछिल्लो समय छवि कमजोर बन्दै गएको छ ।’

त्यसो त प्रहरी प्रमुख बन्ने दौडमा समेत सिलवालले विभिन्न हत्कण्डा अपनाए । सिआइबीका प्रमुख समेत रहेका सिलवालले पछिल्लो समय आफ्ना कमि कमजोरी औँल्याउने सञ्चारमाध्यममाथि नै ‘प्रतिबन्ध’ लगाउँने सम्मको गतिविधि गरे । सर्वोच्च अदालतमा आफूलाई नेपाल प्रहरी प्रमुख बनाइपाउँ भन्दै सिलवालले दिएको मुद्दा यो समाचार तयार पार्दासम्म छलफलमा नै छ ।गृहमन्त्रालयका एक कर्मचारी प्रहरीको कमाण्डर फौजी अनुशासनमा हुनुपर्ने भएता पनि सुरक्षा माग गर्नु उपयुक्त नहुने बताउँछन् । ‘उहाँ आफै जनताको सुरक्षामा खटिने मान्छे हो । आफ्नो सुरक्षामा आफैसँग बन्दुक समेत हुने गरेको हुन्छ । आवश्यक परेको बेला प्रहरीको एउटा टुकडी नै उहाँसँग हुन्छ,’ ती अधिकारीले भने,‘उहाँकै लागि प्रहरीको कार्यदलबाट विशेष हतियार सहितको प्रहरी उपलब्ध गराई पाउँ भनेर माग्नु पदीय दुरुपयोग हो ।’सिलवालले सुरक्षा मागेको विषयलाई लोकमान सिंह कार्कीसँग तुलना गरिएको छ । ‘अख्तियारमा रहँदा भए गरिएका कामको प्रतिफलस्वरुप आपराधिक समुहबाट आफू र परिवारमाथि सुरक्षा खतरा उत्पन्न हुनसक्ने आशंका पोख्दै लोकमान सिंह कार्कीले अघिल्लो सरकारसँग आजीवन अगुवा–पछुवाहित हतियारधारी सुरक्षाकर्मी, गाडी र इन्धन मागेकै शैलीमा नेपाल प्रहरीकै एक जना बरिष्ठ अधिकृतले समेत आफ्ना आफ्ना संगठन प्रमुखसँग यस्तो सुविधाको निम्ति निवेदन पेस गरेको पाइएको हो,’ जनआस्था साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित