ट्राफिकको आक्रमक कारवाही :१ लाख ३८ हजार ब्यक्तिको लाइसेन्समा प्वाल

Trafic-Police-On-Dutyकाठमाडौं। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाहीको अभियान थालेको पँच बर्ष भइसक्यो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ०६८ मंसिर १७ देखि यस बर्षको माघसम्म २ लाख २८ हजार ५ सय ४२ जना कारबाहीमा परिसके । यसमध्ये पुरुष दुई लाख २७ हजार ९१ र १४ सय ५१ महिला छन् ।

ट्राफिक प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न स्थानमा मापसे गरी सवारी चलाउनेलाई कारबाही गरेको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी नयाँ बसपार्क क्षेत्रमा समातिएका छन् । मापसे गरी यात्रा गर्ने उपत्यकाका १० स्थानमा नयाँ बसपार्क, कोटेश्वर, दरबारमार्ग, बौद्ध, सातदोबाटो सिंहदरबार, कमलपोखरी, महाराजगन्ज, गौशाला र ठमेल परेको छ । सबैभन्दा कम भने ठमेलमा देखिएको छ ।

कारबाही परेका व्यक्तिको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा कम फर्पिङमा देखिएको छ । तथ्यांकअनुसार नयाँ बसपार्कमा १२ हजार जना मापसे कारबाहीमा परेका छन् । काटेश्वरमा १० हजार ८ सय ५५, दरबारमार्गमा १० हजार ८ सय १६, सातदोबाटोमा ९ हजार ७ सय १५, सिंहदरबार वरपर ९ हजार, कमलपोखरीमा ८ हजार, महाराजगन्जमा ८ हजार व्यक्ति कारबाहीमा परेका छन् ।

कारबाहीमा परेकामध्ये १ लाख ३८ हजार ३५ को लाइसेन्स ट्राफिकले प्वाल पारिसकेको छ । पहिलोपटक लाइसेन्स प्वाल पार्नेको संख्या १ लाख २ हजार, दास्रोपटक कारबाहीमा पर्ने साढे २३ हजार, तेस्रोपटक ७ हजार ६ सय, चौथोमा २ हजार ६ सय, पाँचौपटक ९ सय २० जनाको लाइसेन्स प्वाल परिसकेको छ । पाँचपटकभन्दा बढी मापसे परेपछि ३ सय ३३ जनाको लाइसेन्स निलम्बन गरिसकेको महाशाखाले जनाएको छ ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित