सिलवालबाट सर्वस्व लुटिएर १५ वर्षसम्म बेलायत पलायन ब्रिटिश लाहुरेको दर्दनाक यो कथा

bbhuमलाई अपहरणको शैलीमा हनुमानढोका पुर्याएपछी हातमा लागूऔषधको पोको थमाउँदै तत्कालिन डिएसपी नबराज सिलवालले भने, “खुरुक्क यो कागतमा सहि गर्ने भए गर नत्र ड्रक्स काण्ड लगाएर जेलमा सडाई दिन्छु ।” आफ्नो दुर्दिनको कथा यसरी शुरु गर्छन्, गुल्मी तम्घास वडा न. ४ निवासी बसन्त बहादुर भुजेल ।

हुनपनि पत्यारिलो लाग्दैन झट्ट सुन्दा उनको कुरा तर बेलायती सेनाका अवकाशप्राप्त यी सोझा लाहुरे इन्जिनियरसँग त्यस्ता प्रमाणहरु छन् जसले जोकोहिलाई उनका कुरामा विश्वास गर्न बाध्य पार्छ । नवराज सिलवाल र उनका भाई सुदर्शन सिलवालबाट ज्यान जोगाउन १५ वर्ष बेलायतमा प्रवासी जीवन बिताउंदा समेत उनले सम्हालेर राखेका ति दसीहरु आवश्यक छैन नेपाल प्रहरीका सिआइबि प्रमुख सिलवाल पदको कुनहदसम्म दुरुपयोग गर्छन् भन्ने कुरा प्रष्ट पार्न ।

केहि समय अघि नेपाली अनलाइन मिडियामाथि उनले गरेको आक्रमण नै सिलवालका गैरकानुनी हर्कत प्रष्ट्याउन काफी छ । उनले न्यूजसेवा डटकम, आर्थिक न्यूज डटकम र दियो पोष्टमाथि मिडिया बन्द गराएर आफ्नो असली रुप देखाइसकेका थिए । यो कथा सिलवालले कसको जीवन कसरी बर्बाद पारे भन्ने कुरामा केन्द्रित छैन ।

समय सन्दर्भमा गुनबहादुर थापाले उनका कर्तुत सार्वजनिक गरेकै छन् । बसन्तबहादुर पनि आफू लुटिएको कथा भन्दै अलाप विलाप गरिरहेकै छन् । व्यक्तिगत तवरमा पीडितहरु धेरै होलान त्यो अहिलेलाई उनिहरुकै पीडा मानौं । शक्ति र पदको पूजा गरिने हाम्रो समाजमा पीडितले आँशुको सागरै बनाएपनि कसैले विचरा भन्नेवाला छैन् । तर, उनै सिलवालको लालचिपनको पीडा दशकौसम्म सारा नेपालीले भोग्नुपरेको कुरा चाहि आम सरोकारको विषय हो । अहिले यस विषयमा किन पनि प्रवेश गरिदैछ भने “यदि डेढदशक अघि नवराज सिलवालको मनमा पाप नपलाएको भए आज सारा नेपालीले कुलमान घिसिङको जय जयकार गरिरहनुपर्ने थिएन, लोडसेडिङ हटाएको प्रशंसामा ।”बरु त्यो जस पाउने थिए, अहिले शारिरिक रुपमा अपाङ्गको जीवन बाँचिरहेका बसन्त बहादुर भुजेलले । किनभने उनले नेपाललाई १५ वर्ष अगाडि नै लोडसेडिङ्ग मुक्त पार्ने योजना अन्तिम चरणमा पुर्याएका  थिए ।

विडम्बना उनले त्यो सदिच्छा राखे बापत १४ वर्ष प्रवासमा पनि भूमिगत जीवत बिताउँनु पर्यो । अनि सिलवालको ताण्डब देखेपछी नेपालको हाइड्रोमा लगानी गर्न तयार रहेको चीनियाँ कम्पनि र बैंकले आफ्नो लगानी सुरक्षित नहुने देखेर पछी हटे ।यस्तो थियो घटनाक्रम :पन्ध्र वर्षसम्म वेलायती सेनामा इन्जिनियरका रुपमा कार्यरतरहंदा बसन्त बहादुरले धेरै उपयोगी अनुभवहरु हासिल गरे। अफ्रिका, एसिया र संयुक्त राष्ट्रसंघमा कामगर्दाको अनुभव र सिप नेपालकालागि फलदायि बनोस् भन्ने सोचले नेपालको भौतिक पूर्वाधार विकासमा लागिपरेको उनी बताउँछन्। भैसेपाटीको संयुक्त आवास उनैले तयार पारे । जुन नेपालको पहिलो संयुक्त आवास क्षेत्र समेत हो । बबई सिंचाई योजनाको योजनकारका रुपमा काम गरे । विश्व बैंकको लगानीमा डुम्रे–वेसीशहर सडक परियोजनामा पनि काम गरे । जसमा उनले विश्व बैंकबाट गोल्ड क्वालिटी अवार्ड समेत पाए । कटारी हाइवेमा नेपाली सेना र वेलायती सेनाको लागि लजिष्टीक सपोर्टको काम समेत गरे ।त्यसपछि उनी लागे नेपालको जलविद्युत विकासतर्फ। लगानीकर्ताको भित्र्याउनु पर्ने पहिलो चुनौति र सर्त पूरा गर्न उनी चीनतिर दौडिए । आखिर, राम्रो सफलता पनि हाल लाग्यो ।चीनको सीएमआइसी नामक कम्पनी र बैंक अफ् चाइनाले नेपालमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने र काठमाडौंसम्म चिनिया रेल ल्याउने परियोजना सम्पन्न गर्ने कुरामा लगानी गर्न सहमति जनाए । उनले सक्षी समेत राखे लगभग  एक दर्जन जति नेपालका ‘व्यूरोक्रेटस्’ त्यो टोलिलाई चीनको थ्री गर्जेजको ड्याम समेत उनले घुमाए । जसको टोलि नेता थिए, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठ ।बसन्त भन्छन्– यो महत्वकांक्षी कार्यक्रम अगाडि बढाउन तत्कालिन राजा विरेन्द्रले समेत उत्साहित हुँदै सहयोग गरेका थिए । उनको जिकिर छ, “यहि कार्यक्रमप्रति देखाएको सक्रियताकै कारण विरेन्द्रको वंशनास गरिएको हो।”त्यसपछि काठमाडौंका तत्कालिन डिएसपी नवराज सिलवालले उनलाई गुण्डाहरुको समेत प्रयोग गरि घरबाट अपहरणको शैलिमा हनुमानढोका पुर्याए। बसन्त भुजेलले तयार पारेका सबै योजना र कार्यक्रम असफल पार्ने  अनि उनलाई सडकमा ल्याउन उनले गरेका लगानीको स्वामित्व लुट्ने र सबै सम्पति हत्याउने एक मात्र उद्देश्य उनको थियो। भुजेल गला अबरुद्ध पार्दै भन्छन्–‘हातमा कहिले सेतो त कहिले खैरो लागूऔषधको पुरिया थमाएर तस्विर खिच्दै सिलवालले धम्कि दिए,“तलाई जेलमा नै सडाइ दिन्छु” ।  उनको पटक–पटक सातो लिन्थे, ’जंगलमा लगेर गोलि हान्दिन्छु, आतंकवादी भन्दिन्छु । के ठानेको छस्  आपूलाई, चिनेको छस्, मलाई रु” अखिर शासन ज्ञानेन्द्रको जो थियो । “जसरी पनि ज्यान जोगाउनुको विकल्प देखिएन । ठाने, बाँचे भने मुलुकको सेवा गर्ने मौका त पछि पनि पाउँछु। जहाँ जहाँ सहि र ल्याप्चे लगाउन भने सोहि सोहि गरें ।“, आफ्नो बाध्यता उनी आर्थिकन्यूज डटकम समक्ष पोख्छन् ।नवराज सिलवाललाई साथ दिएका थिए उनकै भाई नेपाली सेनाका मेजर, सुदर्शन सिलवालले । जसको नाममा भुजेलको सम्पति हस्तान्तरणको कागज बनाइएको थियो । भुजेल र उनकी श्रीमतीको नाममा रहेको गोर्खा हाइड्रो पावर लिमिटेडको ५ मेगावाटको जलविद्युत परियोजना धम्क्याएकै भरमा सिलवाल दाजुभाइले आफ्नो बनाए । उनको भैसेपाटीको १४ रोपनी जग्गा अझै पनि सुदर्शनकै नाममा रहेको उनी बताउँछन् । भैसेपाटी अबस्थित रेडियो नेपालको टावर अगाडि रहेको आलिसान महल चाहीं नेपाली काग्रेस काठमाडौंका नेता मनमोहन भट्टराई र उनका नेवार थरका साढु दाइको नाममा पास गरिएको भुजेल बताउँछन् । “यो सबै सम्पत्ति शक्ति, पद, पहुँच र गुण्डागर्दीको भरमा लुटेरै लगेकाहुन्।“ आतंकपूर्ण ति दिन सम्झदै उनी भन्छन्, “घर बस्नै सकिंदैन थियो । छिन–छिनमा गुण्डा आएर धम्काउंथे । नेपाली सेना र प्रहरीका जवानहरु सादा पोशाकमा आएर घरमा आतंक मचाउँथे।“नवराजका भाईले त उनको टोयोटा क्राउन गाडि समेत लुटेर लगेका थिए तर मुद्दा हालेपछि सर्वोच्चले फिर्ता गरिदियो । उनको अहिले कुनै ठूलो माग भने छैन् । के मात्र याचन हो भने, “नवराज सिलवाल जस्तो अपराधीलाई प्रहरी प्रमुखको जिम्वेवारी नदिने जुन निर्णय सरकारले गरेको छ त्यो सहि छ। अदालतले पनि यिनलाई साथ नदेओस् । यदि यिनी डीआईजीबाट सिधै नेपाल प्रहरीको प्रमुख बने भने हजारौ पीडितको आँशुले सराप्छ । सोझा सादा  नेपालीहरुको लागि नेपाल बस्न योग्य देश रहंदैन।“ उनको दुखेसो छ,“ मलाई अपांग पारे, अधकल्चो छोडे अनि मेरो सर्वस्व लुटे ।“ त्यसो त उनको अठोट कमजोर छैन–“म नेपालका अदालतमा न्याय माग्न जान्छु । लोकतन्त्र आएको छ, पक्कै पनि अदालतले मेरो सम्पत्ति फिर्ता गरिदिनेछ। यदि नेपालमा न्याय पाइन भने अन्तर्राष्ट्रिय अदालतमा समेत जान्छु र बर्दीको बलमा आतंक मच्चाउने, अरुको सम्पत्ति लुट्ने सिलवाल दाजुभाईको विरुद्ध उजुरी गरेर भएपनि न्याय प्राप्त गरेरै छोड्छु।“ कर्नेल कुमार लामाको दृष्टान्त पेश गर्दै उनी आशावादी बन्छन् ।आर्थिक न्युज डटकमको यो  लिंक हेर्नुहोस् http://aarthiknews.com/2017/02/83501

प्रतिक्रिया

सम्बन्धित