आजको मौसम : बागमती र प्रदेश १ मा पानी पर्ने

mausam_fani

 

काठमाडौँ । देशका चार प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ। 

बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १ का केही स्थानमा आज अपरान्हतिर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विहान सार्वजनिक मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।विहान र दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित