स्थानीयसँगको झडपमा प्रहरीको मृत्यु, लेटाङमा अनिश्चितकालीन कर्फ्यु
मोरङ । मोरङको लेटाङमा स्थानीयसँगकाे झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि कर्फ्यु लगाइएको छ।
जिल्लाको लेटाङमा एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको थियो। झडपमा परेर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो।
श्रेष्ठको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
घटनामा मोरङका एसपी जनार्दन जिसीसहित डेढ दर्जन प्रहरी घाइते भएका छन्। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।
सोही तनाव नियन्त्रणमा खटिएको बेला प्रहरीमाथि आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो। आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया