एनसेलबाट अर्बौ रकम हत्याएपछि हाइड्रो प्रोजेक्ट कब्जा गर्दै एमाले, यसरी हुँदै छ भण्डाफोर

काठमाडौं । पोखराका उद्योगपति हरिप्रसाद पाण्डे एमालेकातर्फबाट मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जलश्रोत र उद्योग मन्त्री बने ।

पोखरा फुड्स प्रालि संचालन गर्दागर्दै राजनीतिमा होमिएका पाण्डेले एमालेलाई नै चक्मा दिने गरी आफूलाई भ्रष्टाचारी घोषणा गरे । राज्यसँग छानविन र कारवाहीको लागि गुहार नै लगाए ।

पाण्डेको गुहार हावामै हरायो तर उनले त्यसपछि भने जलविद्युतलाई लगानीको क्षेत्र बनाए । भगवती हाइड्रोपावरले अहिले सेती नहरबाट जलविद्युत उत्पादन गरिरहेको छ ।

पोखराकै अर्का उद्योगपति सूर्यबहादुर केसी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बने अनि उर्जामा आत्मनिर्भरताको लागि भन्दै हाइड्रो क्षेत्रमा नै लगानी गरे । अहिले कास्कीकै उत्तरी क्षेत्रमा रहेका उनका ‘हाइड्रो पोजेक्टहरु’ उत्पादनको तरखरमा रहेका छन् ।

विद्यार्थी राजनीति गर्दागर्दै व्यवसायतिर होमिएका कास्कीकै पुष्पज्योति ढुंगानाले पनि पानीमा सपना बिच्छ्याए । उनको लगानी रहेको पवर्तको हाइड्रो पावर नेसनल ग्रिडमा जोडिइसकेको छ ।पोखराका केही उदीयमान व्यवसायीहरुलाई आफ्नो प्रोजेक्टमा सहभागी गराएका पुष्पज्योतिको अहिलेको मुख्य व्यवसाय जलविद्युत नै हो ।उर्जा क्षेत्रमा गरिएको उनीहरुको लगानीले व्यवसायिक मोड मात्र लिएको छैन, राज्यलाई चरम उर्जा संकटबाट केही त्राण पनि मिलेको छ ।ठूला परियोजनाले गति लिन नसकेपछि राज्यले निजी क्षेत्रलाई जलविद्युत क्षेत्रमा लगानीको बाटो खुल्ला गर्यो । बाटो खुलेसँगै धेरै बाटाटाठाहरु खोला नै झोलामा हालेर सुते भने केहीले साँच्चिकै उर्जामा लगानी पनि गरे ।ऐनले निजी क्षेत्रलाई उर्जामा लगानीको लागि प्रोत्साहन गरेसँगै यो क्षेत्रमा सबैभन्दा बढी चाहिँ एमाले नेताहरुले नै हात हाले ।कास्की एमालेका उपाध्यक्ष मनबहादुर गुरुङ सिक्लेसका बासिन्दा हुन् । मादी नदी उनको गाउँको तलबाटै बग्छ ।गाविसअध्यक्ष समेत रहेका मनबहादुर एमाले नेताहरुको ‘हाइड्रो कब्जा’को सबैभन्दा ठूला हतियार बने । सो क्षेत्रमा हाइड्रो पावर कम्पनीहरु आकर्षित हुँदै गर्दा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको समेत लगानी पर्यो ।करिब २ लाख लगानी भए पनि देशको पूर्व प्रधानमन्त्रीले कास्कीको सानो हाइड्रोमा लगानी गर्नुलाई सामान्य रुपमा लिन नहुने भन्दै व्यापक गाईँगुईँ चल्यो ।‘देशको पूर्व प्रधानमन्त्रीलाई हाइड्रोको सेयर दिएर एमाले नेताहरुले उनलाई फकाउने प्रयास मात्र गरेनन्, हाइड्रो संचालकहरुलाई ठूलो लाभ पनि पुर्याए, जलविद्युत क्षेत्रको लगानीलाई नजिकबाट नियालेका पोखराका एक व्यवसायीले भने,‘ अहिले देशैभर एमाले नेताहरुको हाइड्रोमा लगानी रहेको छ, त्यो सेयर उनीहरुलाई नजरानास्वरुप मिलेको देखिन्छ ।’हाइड्रोमा लगानी नराम्रो नभए पनि एमालेले तलदेखि माथिसम्म संस्थागत रुपले आफ्ना कार्यकर्तालाई पोस्नको लागि हाइड्रोलाई मूख्य साधन बनाएको बुझ्न उनीहरुकै नेताको भनाई नै काफी छ ।कम्युनिष्ट गठबन्धनबाट कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा उम्मेदवार बनेका खगराज अधिकारीले घोषणा सार्वजनिक गर्दै यहाँको न्यूएरा पार्टी प्यालेसमा भने, ‘हाइड्रोले संझौता गर्दा नै सो क्षेत्रमा जाने बाटो निर्माण गर्ने गरी कबुल गरेका हुन्छन्’, म यो वा त्यो भन्दिन, उनीहरुले तोकिएको क्षेत्रमा लगानी गर्नुपर्छ, हामीलाई स्रोत र साधनको कमी हुँदैन ।’उनको संकेत आफ्ना पार्टीका मान्छेहरु पनि जलविद्युत परियोजनाबाट लाभ लिन उद्यत रहेकोप्रति लक्षित थियो । जलविद्युत परियोजनामा आफ्ना पार्टीका मान्छेलाई काममा लगाउने ,सर्त अनुसार पूरा गर्नुपर्ने पूर्वाधार निर्माण प्रक्रियामा आफ्नै मान्छेलाई ठेक्का दिने तथा बाटो लगायतका निर्माण कार्यमा गाविसको बजेट हाल्ने र नाफा खाने काममा एमालेकै नेताहरु संलग्न रहेको एक काँग्रेस नेताले आरोप लगाए ।‘ गाउँलेलाई बाटो आउँदै छ भन्ने र कमिसन खानेहरु एमाले नै हुन्, नेपाली काँग्रेसले आफ्नो घोषणा पत्रमा नै एमालेले समानान्तर सरकार र अर्थतन्त्र चलाउने प्रयत्न गरेको जिकिर त्यसै गरेको हैन’, उनले भने,‘ एमालेका युवा नेता रवीन्द्र अधिकारी पनि पछिल्लो समयमा हाइड्रो प्रोजेक्टतिर आकर्षित भएको कुरा आएको छ ।उता,नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डको अनियमितताबारे भण्डाफोर गरेका थिए ।खड्काले कास्की क्षेत्र नम्बर २ मा बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रविन्द्र अधिकारी यो काण्डका नाइके भएको उसार्वजनिक गरेका थिए ।आफुले यो काण्डको विषयमा कुरा उठाएपछि बाम गठबन्धनका धेरै साथीहरु चिढिएको उनले वताए । आफुले संसदमा तत्कालिन समयमा ‘एनसेल खरिदविक्रि काण्ड’ र ‘विकास समितिले गरेको निर्णय’को विरोधमा बोलेका कुराहरु अझै पनि सुरक्षित भएको उनले बताए ।उनले एनसेलको खरिदविक्रिसँग जोडिएको कर छुटको कुरादेखि फोर जी संचालनको अनुमती दिने निर्णयसम्म २६ अर्ब भन्दा बढी पैसाको चलखेल भएको पनि दाबी गरे । रविन्द्र अधिकारी प्रत्यक्ष यसमा संलग्न रहेको उनको आरोप थियो । किनभने उनी विकास समितिका सँयोजक हुन् । उनी यो विषयलाई लिएर पन्छिन कदापी मिल्दैन ।’ अधिकारी संयोजक रहेको विकास समितिमा खड्का सदस्य समेत हुन् । खड्काले एनसेल खरिद विक्रि काण्डसँग सम्बन्धि रहेर सम्पूर्ण प्रमाणहरु जुटाईसकेको पनि खुलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित