आईजीपीमा टुंगो लाग्दै,चन्दलाई यसकारण रोक्न मिल्दैन

policeकाठमाडौं । प्रहरी महानिरीक्षक(आईजीपी) नियुक्ति विवादमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबारबाट बहस सुरु भएको छ । डिआईजी जयबहादुर चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय विरुद्ध अर्का डिआईजी नवराज सिलवाल र उनकै सेटिङमा एक कानुन व्यवसायीले रिट दायर गरेपछि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अन्तरकालिन आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा एक साता अघि आदेश दिएको थियो । बुधबारलाई तोकिएको पेशी उपर सुनुवाइ सुरु भएको हो ।

 संवेदनशील विषय भएको हुँदा सर्वोच्चले दुवै पक्षलाई बुधबार छलफलका लागि बोलाएको थियो । बुधबार सर्वोच्चमा सिलवाल पक्षका कानुन व्यवसायीहरु शम्भु थापा, बद्री बहादुर कार्की, बालकृष्ण न्यौपाने, हरी फुयाँल, तुलसी भट्ट, कपिल देव ढकालले बहस गरेका छन् भने चन्द पक्षका वकिलहरुको बसह विहिबार(आज) हुँदैछ । सिलवाल पक्षका वकिलहरुले कार्यसम्पादन मूल्याकंन झिकाउनु पर्ने माग गर्दै ज्येष्ठतालाई प्राथमिकता दिनुपर्ने भन्दै बहस गरे ।

तर, चन्द पक्षका वकिलहरुले भने समय अभावका कारण बहस गर्न नपाएपछि आज वहस हुँदैछ । चन्द पक्षका वकिलहरु गोपालकृष्ण घिमिरे, महादेव यादव, शुशिल पन्त, पूर्णमान शाक्य, प्रेम बहादुर खड्का, हरी प्रसाद उप्रेती, सतिस खरेल, माधव कुमार बस्नेतलगायतले बहस गर्ने छन् ।सिलवाल पक्षका वकिलहरुले जेष्ठताका आधारमा आईजीपी नियुक्ति गर्नुपर्ने जिकीर गरेपनि प्रहरी नियमावलीमा ज्येष्ठताका आधारमा आइजीपी नियुक्त गर्नुपर्ने कही कतै व्यवस्था छैन ।

 प्रहरी नियमावलीको नियम ४१ मा भनिएको छ–‘यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भएता पनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरिक्षक नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरुबाट ज्येषठता, कार्यकुशलता, कार्य क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’नियमावलीलाई हेर्ने हो भने अदालतले चन्दलाई रोक्नुपर्ने कुनै कारण देखिंदैन ।

  यसअघि एसएसपीबाट डिआईजीमा बढुवा हुँदा सिलवालले अदालतमा हालेको रिटको फैसालामा पनि सिनियर भन्ने शब्द कहि कतै उल्लेख छैन । त्यसकारण सिलवाललाई आफ्नै फैसला विरुद्ध अदालत गएको भन्ने आरोप पनि लाग्न थालिससकेको छ ।

प्रतिक्रिया

सम्बन्धित