गृहमन्त्रीको सिलवाल मोह, २० जना डिआईजीको सरुवा हुँदा सिआईवीमै किन थमौती ?

saruकाठमाडौं । सरकारले बैंशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि सुरक्षालाई मध्यनजर राख्दै आज गृह मन्त्रालयले २० जना प्रहरी नायव महानिरीक्षक(डिआईजी) हरुको सरुवा गरेको छ । मन्त्रीपरिषद्ले आईजीपीमा जयबहादुर चन्दलाई नियुक्ति गरेपछि आफू सिनियर भन्दै चन्दलाई रोक्न डिआईजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेर रिट दायर गरे । जसको सुनुवाई हुने क्रम जारी छ । डिआईजीहरु चन्द, सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारी एउटै व्याजी हुन् ।

 तर, गृहमन्त्री विमलेन्द्र निधीको पूर्वाग्रह र सिलवाल मोहका कारण सिआईवीबाट सिलवाल हट्नु परेन । ट्राफिक प्रहरी महाशाखामा रहेका आईजीपीकै दावेदार अर्यालको अपराध अनुसन्धान विभाग, हेटक्वार्टर र विशेष व्यूरोमा रहेका भण्डारीको महानगरिय आयुक्त कार्यालय रानीपोखरीमा सरुवा भएको छ ।

 चन्दलाई आईजीपीमा नियुक्ति गरिसकिएको हुँदा उनको कतै पनि सरुवा हुने कुरै भएन । तर, सरकारलाई चुनौती दिएर अदालत पुगेका सिलवाललाई चन्दकै हैसियतमा राखेर गृहमन्त्री विमलेन्द्र निधीले सिआईवीमै थमौती गरी सिलवाल मोह स्पष्ट रुपमा प्रकट गरेका छन् । असली सुन तस्कर समात्न नसक्ने सिलवाललाई सिआईवीमा नै राख्ने र समकक्षीहरु अर्याल र भण्डारीलाई सरुवा गर्ने गृहमन्त्रीको विभेदपूर्ण व्यवहारका कारण प्रहरी अधिकारीहरु थप असन्तुष्ट बनेका छन् । ‘सिलवाललाई पनि गृहमन्त्रीले सिआईवीबाट अन्यत्र सरुवा गरेको भए पारदर्शिता देखिन्थ्यो । तर, गृहमन्त्रीको सिलवालसँग साँठगाँठ भएका कारण उनको सरुवा भएन ।’–गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए । सिलवाललाई एक नम्बरको डिआईजी भन्दै आईजीपी बनाउन लविङ गर्दै आएका गृहमन्त्री निधीले प्रहरीमा असक्षम र भ्रष्ट अधिकारीकारीका रुपमा चिनिने डिआईजी रमेशकुमार भट्टराईलाई आकर्षक ठाउँ मानिने क्षेत्रीय प्रहरी कार्यालय विराटनगर सरुवा गरेका छन् । तीन नम्बर अगाडि रहेका लव विष्टलाई बढुवा नगरी चार नम्बरमा रहेका भट्टराईलाई एसएसपीबाट डिआईजी बनाएर प्रहरीमा मनपरी गर्ने गृहमन्त्री निधीले सिलवाललाई कसरी एक नम्बर देखे ? आश्चर्यको विषय बनेको छ । त्यसैगरी डिआईजीहरु केशरीराज घिमिरे – मानव स्रोत विभाग, पंकज श्रेष्ठ – विमानस्थल सुरक्षा प्रमुख, मिङमार लामा – महानगरिय ट्राफिक प्रहरी महाशाखा, माधवप्रसाद नेपाल –प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, गणेश केसीको क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा सरुवा भएको छ । अख्तियारमा भने कमलसिंह बमलाई लगिएको छ । अख्तियारमा रहेका डिआईजी देबेन्द्र सुवेदीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित