राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन: दीपेश, जीवन, प्रीन्स र विष्णु सेमिफाइनलमा

Bishnu Katwal, NPC

भक्तपुर । एपीएफका दीपेश धामी, नेपाल प्रहरीका जीवन आचार्य, रिभाइभका प्रिन्सदाहाल र प्ररहीका विष्णु कटुवाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुलाब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेशगरेका छन् ।

दीपेशले नेपाल आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१२, जीवनले आर्मीकाप्रवीण लिङथेपलाई २१–८ र २१–१८, प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१५ र२१–७ तथा विष्णुले आर्मीका रुकेश महर्जनलाई १९–२१, २१–१८ र २१–१५ लेपराजित गरे ।

महिला सिंगल्समा आर्मीकी अमिता गिरीले आर्मीकै प्राथना देउवालाई २१–१४, १३–२१ र २१–११, आर्मीकी रशिला महर्जनले भोजपुरकी सीता राईलाई २१–१६ र १६–५ (रिटायर्ड हर्ट), प्रहरीकी निता लम्सालले एपीएफकी जेशिका गुरुङलाई २१–१२ र२१–१४ तथा आर्मीकी अनुमाया राईले एपीएफकी सुनयना मुखियाँलाई २१–१५, १८–२१ र२१–१७ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१५ ब्वाइज सिंगल्समा कपिल्वस्तुका रोहित बराल, एनआरएनएका साहिल चन्द, कपिल्वस्तुका अभय महरा र सिल्क ग्रुपका कविर केसीले सेमिफाइनल यात्रा तयगरे । सो स्पर्धाको गल्र्समा आर्मीकी रोज पाण्डे, केबीएकी एन्जल लिम्बू, बेल्टार बीएकी रोजी राई र १६ फेडरका रिहाना शेरचन सेमिफाइनलमा पुगे ।

पुरुष डबल्समा एपीएफका दीपेश र विजित थापा मगर, आर्मीका प्रफुल र रुकेशतथा फेडरका क्षितिज खनाल र सुजन थापाको जोडी सेमिफाइनलमा प्रवेश गरे ।भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा जेस्टका श्याम पराजुली र नवीनबाबुश्रेष्ठ, कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठ, चन्द्रागिरीका राम केसीर हरि खत्री तथा गठ्ठाघर स्पोर्ट्सका पूर्णहरि होना र सञ्जय कपालीकोजोडीले सेमिफाइनलमा स्थान बनाए ।

 

प्रतिक्रिया

सम्बन्धित