आजको राशीफल: मिथुनलाई धनलाभ,अन्यलाई कस्तो ?

आजको पात्रोः आज १३ चैत २०७८आइतबार । तद्नुसार मार्च महिनाको २७ तारिक २०२२ । फागुनकृष्णपक्ष दशमीतिथि, बणिज करण, उत्तरषाढा नक्षत्र, शिव योग, चन्द्रमा मकर राशिमा रहेको छ ।आइतबार विहान सूर्योदयको दर्शन गरेर साताको यात्रा शुरु गर्नुहोला ।आइतबारलाई आदित्यबार पनि भनिन्छ । आज विहान सूर्योदय ६ः०० बजे हुनेछ भनेसूर्यास्त ६ः१८ मा हुनेछ। आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ । आइतबारसरकारी कामको शुरुवात गर्दा सातादिन सकिन्छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच रचिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला ।आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातका लागि व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्तहुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्तहुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । तपाईको मनमा सकारात्मकसोच र खुसी हुने खबरले उत्साह हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ सुखद खबरले तपाईलाई हर्ष छाउने छ । घर परिवार र आफन्तसँगकेही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरासुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोपलाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ। तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैलेआजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् आइतबारको दिन विहान सूर्योदयकोदर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजकोदिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्नसक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने तपाईलाई मानसम्मानमिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई माया गर्नेछन्। कसैसँग पनिविवाद हुने काम नगर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आज विहान सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र संत्सगीमित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ रसहयोगको प्रस्ताव आउनसक्छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाईउनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना रनाना उपहार दिनु राम्रो हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमाहुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यकोआवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साहबढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजशुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र रलगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख परिवारको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ ।आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यकआर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ। त्यसैले आजको दिनकुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भनेग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईलेनयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जाथपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध रबालकलाई मानसम्मान गर्नहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शनगर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथिविजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चगर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच रकाम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ ।अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातकोलागि आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छभने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ ।साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_DlIdXkEZlW_i4xxnxf3hifuhmlmmmsrazljb0jnqgaewyhmpa5tu08srps855zeawmml1hd.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_islu9irja1_tauku27q6ghh0eocxn1yur2dgmdfpowejzpguqnbfmo1zv1ezwnuvdrq6unz.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_polyTilIHU_dwueihgylzedlke1tdv7g9vqplirgqacbcrrpy7jpxr34whgohezmcjvzklh.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_03UVYrfC7E_fbfp4njbjwi4tf2amw73mnjldcexnhgbz78gzgbutvse3gb5ywulnswwzevm.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_uMFfMPF34z_l6ljb2vbcx1tucskvwu7kaw7yeke6axqgq8fhzg0ihwikescpxrufrfgqct0.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_VCyrPWeja3_qbi6lqcrwaaglglpdduufvvgza2jqj5wdovnecag4vrgghquytsmnxjwkgq6.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_PLiYDOTSzm_efplsm3qz6pmp2qhndzopxevrxmvyecn1ccafmageiyliuuce5fnt73ujehq.jpg)
प्रतिक्रिया