एमालेको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

KP Oli

 

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ।

महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा आइतबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो।

हालै सकिएको केन्द्रीय कमिटीले पारित गरेका विषयबस्तुमा आधार रहेर बैठक स्थानीय तह निर्वाचन केन्द्रित रहने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्ने योजना बैठकबाट तय गरिने उनको भनाइ छ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन्। साथै चार जना पदेन सदस्य हुने व्यवस्थासमेत छ।

प्रतिक्रिया

सम्बन्धित