३६५ केजी गाँजासहित चितवन र मकवानपुरबाट ६ जना पक्राउ

Arrest

काठमाडौं । प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । 

चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । 

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममाउक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले चेपाङको घरमा रहेका १८वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले फरार चेपाङको खोजीगरिरहेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर खोलाको बगरबाट करिब एक सय केजी गाँजासहित चार जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका सुगौरा बस्ने ५३ वर्षीय बुद्धि बहादुरथिङ समेत ४ जना छन् । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकीसुनाचुरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाट करिब १ सय ६५किलो ८ सय ग्राम गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २८ वर्षीयअरबिन्द नेपाली छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्लाप्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीलेअरबिन्दलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित