चुनाव कसैले रोक्न सक्दैन, आचारसंहिता यसै सातादेखि लागू

ayodhiकाठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । उनले अब एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने र सरुवा–बढुवा एवं नियुक्तिहरु गर्न नपाइने स्पष्ट पारेका छन्। राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्ने बताए । उनले भने–‘शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’ आयोगले निश्पक्ष, स्वतन्त्र एवं स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै उनले भने–‘हामी स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन गर्छौं ।’ निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने यादवले बताए । ‘यादवले चुनावलाई चुनौतिभन्दा पनि अवसरका रुपमा लिएको उल्लेख गर्दै निर्वाचन हुने ठोकुवा गरे । चुनावका लागि सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको यादवले बताए । सरकारले खुट्टा कमाए आमसञ्चार साक्षी रहेको उनले बताए । स्थानीय निर्वाचन देश र जनताका लागि अति आवश्यक रहेको बताउँदै यादवले भने–‘निर्वाचन हाम्रो जीवनसँग जोडिएको छ, हाम्रो अधिकार खोसिएको अवस्थामा थियो, अहिले जनताको अधिकार प्राप्त भएको छ, अब चुनावले त्यो अधिकार सुनिश्चितता गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित